Logo

हुन्डाई कोना जी एलको मूल्य सार्वजनिक, बजारमूल्य ६० देखि ६५ लाख

हुन्डाई कोना जी एलको मूल्य सार्वजनिक, बजारमूल्य ६० देखि ६५ लाख



काठमाडौं । हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ कोना जिएल इलेक्ट्रीक सार्वजनिक गरेको छ । कम्पनीले कोना जीएल भेरियन्टको मूल्य ५९ लाख ९६ हजार रुपैयाँ बजारमूल्य रहेको उक्त गाडी सार्वजनिक गरेको हो । कोना इभीको इन्ट्री भेरियन्ट (जीएल ५९ लाख ९६ हजार र जीएल) एस भेरियन्टको मूल्य ६४ लाख ९६ हजार रुपैयाँ रहेको छ । विद्युतीय गाडीहरुको बढ्दो मागलाई मध्यनजर गर्दै कम्पनीले आफ्नो सर्वाधिक सफल इलेक्ट्रीक मोडल कोनाको जी एल भर्सन ल्याएको हो ।

laxmi

नेपालमा निकै सफल कोना इलेक्ट्रिक एउटा सफल क्रसओभर ईभी हो । नयाँ इलेक्ट्रिक कोना फेसलिफ्टमा धेरै परिमार्जन भएको छ । नयाँ कोनामा ड्राइभिङ रेन्ज पनि बढेको छ । नयाँ सुरक्षा फिचर र एड्भान्स कनेक्टिभीटी यसमा भएको मुख्य परिमार्जन हो । हुन्डाई कोनामा स्मार्ट सेन्स सेफ्टी सुइट, रिजेनेरेटीभ ब्रेकिङ, प्याडल सिफ्टर, ड्राइभ वाइ वायर सिस्टम तथा क्लाइमेट प्रि–सेटिङ जस्ता आधुनिक सुरक्षा फिचर पाउन सकिन्छ ।

हुन्डाई कोनामा मल्टी स्टेज हाइभोल्टेज सेफ्टी सिस्टम युक्त ३९.२ किलोवाट आवरको लिथियम आयोन पोलिमर व्याट्री रहेको छ, जसका कारण यसमा हाइ इनर्जी डेन्सीटी रहन गई रेन्जसमेत बढ्ने छ । व्याट्रीको ले–आउट तथा प्याकेजिङ सिस्टमले सेन्टर अफ ग्राभिटीलाई कमगरी कोनाको ह्याण्डलीङ उत्कृष्ट बनाएको छ । जसले चालक र यात्रुलाई आरामदायी यात्रा प्रदान गर्नेछ । हुन्डाई कोनामा नयाँ डिजाइनको ग्रिल, डे टाइम रनिङ लाइट तथा ठूलो साइजको टेललाइट पाउन सकिन्छ ।

कोना इलेक्ट्रीकलाई एक पटकको सिंगल चार्जमा ३०५ किलोमिटरसम्म गुडाउन सकिने छ । यसलाई १०० किलोवाट डीसी फास्ट चार्जरले ५४ मिनेटमा ८० प्रतिशत ब्याट्री चार्ज गर्नेछ । हुन्डाई कोनामा रहेको ८ इन्चको टचस्क्रिनयुक्त भिजुअल न्याभिगेसन सिस्टमले ड्राइभिङ अनुभवलाई उच्च स्तरीय बनाउने दाबी कम्पनीको छ । नेपाली बजारमा कोना इलेक्ट्रिक एट्लास ह्वाइट, साइबर ग्रे, ग्यालाटिक ग्रे, पल्स रेड, सर्फी ब्लु तथा डार्क नाइटजस्ता कलर अप्सनमा उपलब्ध हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL