Logo

एनआइएमबी एस क्यापिटलको महाप्रवन्धकमा सचिन्द्र ढुंगाना, लेखा क्षेत्रमा उल्लेख्य अनुभव

एनआइएमबी एस क्यापिटलको महाप्रवन्धकमा सचिन्द्र ढुंगाना, लेखा क्षेत्रमा उल्लेख्य अनुभव



काठमाडौं । एनआइएमबी एस क्यापिटलको महाप्रवन्धक (जेनरल म्यानेजर)मा सचिन्द्र ढुंगाना बढुवा भएका छन् ।
वित्तीय र लेखा क्षेत्रमा अनुभव भएका उनलाई कम्पनीको संचालक समितिको बैठकले उक्त पदमा बढुवा गरेको हो ।

laxmi

द इन्स्टिच्युट अफ चार्टर्ड अकाउन्ट अफ नेपालबाट चार्टर्ड एकाउन्टेन्ट पढेका ढुंगानाले आफ्नो करियरमा निरन्तर समर्पण र विशेषज्ञता प्रदर्शन गर्दै आएका छन् । एसिसिएबाट आइएफआरएसमा डिप्लोमा प्राप्त गरेर वित्तीय प्रतिवेदन र विश्लेषणमा उत्कृष्टता प्रदर्शन गरेर उनले आफ्नो योग्यतालाई अझ बलियो बनाएको कम्पनीले जानकारी दिएको छ ।

लेखापरीक्षण, लेखा, परामर्श र सल्लाहकार सेवामा एक दशकभन्दा बढी अनुभवको साथ ढुंगानाको यो निर्णायक भूमिका सम्मको यात्रा महत्वपूर्ण उपलब्धिहरूद्वारा अंकित रहेकोसमेत कम्पनीले जानकारी दिएको छ ।

उनले एसआर पाण्डे एण्ड कम्पनीमा अडिटर म्यानेजरको रूपमा ६ वर्षभन्दा बढी समय बिताएका थिए । १.८ वर्ष एनआइएमबी क्यापिटल मार्केट्स लिमिटेडमा बिजनेस सपोर्ट र म्युचुअल फण्ड विभागको प्रमुखको रूपमा काम गर्दा उनले नेपालमा म्युचुअल फण्डको बृद्धि र विकासमा महत्वपूर्ण योगदान पु¥याउनु भएको छ ।

ढुंगानाले यस बढुवा अगावै नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडमा २.५ वर्षसम्म चिफ अपरेटिङ अफिसर तथा चिफ अफ फाइनान्स युनिटको पद सम्हालेका थिए । उनको नेतृत्व र वित्तीय कुशलता उनको कार्यकालमा कम्पनीको उपलब्धिहरूमा सहायक बन्न सफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL