Logo

भदौ १५ देखि १७ सम्म विद्युतीय उपकरणसम्बन्धी प्रदर्शनी हुँदै, नयाँ विद्युतीय उपकरणको प्रदर्शन गरिने

भदौ १५ देखि १७ सम्म विद्युतीय उपकरणसम्बन्धी प्रदर्शनी हुँदै, नयाँ विद्युतीय उपकरणको प्रदर्शन गरिने



काठमाडौं । भदौ १५ देखि १७ गतेसम्म नेपाल इलेक्ट्रिक, इलेक्ट्रोनीक्स, पावर, लाइट तथा कन्जुमर इलेक्ट्रोनीक्स एन्ड होम अपलायनसेस सम्बन्धी बृहत अन्तरराष्ट्रिय प्रदर्शनी हुने भएको छ । काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा विद्युतीय, विद्युतीय उपकरण, र उर्जासँग सम्बन्धित दोस्रो संस्करणको उक्त प्रदर्शनी हुन लागेको हो ।
उक्त प्रदर्शनी मिडिया स्पेस सोलुसन्स्ए, एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया तथा फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स्को संयोजकत्वमा आयोजना हुन लागेको हो ।

laxmi

नेपाल इलेक्ट्रिक इलेक्ट्रोनीक्स, पावर, लाइट तथा कन्जुमर इलेक्ट्रोनीक्स एंड होम अपलायनसेस प्रदर्शनीले आधारभूत रूपमा तीन सोचहरूको समायोजन गर्न खोजेको छ ।

नेपालमा विद्युत, विद्युतीय उपकरण, घरबारमा प्रयोग हुने विद्युतीय सामग्रीहरू तथा उर्जासँग आबद्ध विभिन्न उद्योगहरूले आपसी साझेदारी गर्ने, सम्बन्ध बढाउने तथा व्यवसायका अवसरहरू निर्माण गर्ने केन्द्रको भूमिका निर्वाह गर्ने आयोजकले जानकारी दिएको छ । यी उद्योग नेपालमा सबैभन्दा बढी माग भएका क्षेत्रहरूमध्ये एक हुन् र दक्षिण एसियाली क्षेत्रभित्र द्रूत रूपमा वृद्धि भइरहेका पनि छन्।

उक्त प्रदर्शनीले नयाँ प्रविधियुक्त विद्युतीय उपकरणहरू पनि प्रस्तुत गरी नेपाली उपभोक्तालाई नयाँ प्रकारका विद्युतीय उपकरणसँग साक्षात्कार गराउने आयोजक कम्पनीले जानकारी दिएको छ ।

प्रदर्शनीमा आगन्तुकहरूलाई प्रवेश निःशुल्क गराइएको छ, र साथै विद्युत, विद्युतीय उपकरण र बत्तीसँग सम्बन्धित क्षेत्रहरूमा प्राविधिक सामग्री र ज्ञान साझेदारी निर्माण गर्ने उद्देश्यसहितको सम्मेलनका कार्यक्रमहरू पनि गराइनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL