Logo

त्रिपुरेश्वरमा संचालनमा आयो एनआइयु विद्युतीय स्कुटरको नयाँ शोरुम

त्रिपुरेश्वरमा संचालनमा आयो एनआइयु विद्युतीय स्कुटरको नयाँ शोरुम



काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा एनआइयु विद्युतीय स्कुटरको नयाँ शोरुम संचालनमा आएको छ । एआइयु स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता इको इन्फिनिटी प्रालिले गत शुक्रबार उक्त नयाँ शोरुम संचालनमा ल्याएको हो ।

laxmi

कम्पनीले सन २०१७ देखि एनआइयुको स्कुटर विक्री गर्दै आईरहेको छ । नेपालमा हाल एनआइयुका एनक्युआई, एमक्युआई, युक्युआईलगायत ६ सिरिज विक्री हुँदै आएका छन् ।

आधुनिक लिथियम आयन ब्याट्रीको प्रयोग गरी बनाईएको उक्त स्कुटरको ब्याट्री लामो समय टिक्ने बताईएको छ । कम्पनीले त्रिपुरेश्वरमा संचालनमा ल्याएको शोरुमले आफ्टर सेल्समा बढी ध्यान दिने बताएको छ । अर्थात कम्पनीले एनआइयु स्कुटरको प्रवद्र्धन गर्नकै लागि काम गर्ने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL