Logo

रियलमीले नेपालमा सुपथ मूल्यमा स्मार्ट फोन उपलब्ध गराउँदै, थप युजर फ्रेन्ड्ली मोडलहरु सार्वजनिक गर्दै

रियलमीले नेपालमा सुपथ मूल्यमा स्मार्ट फोन उपलब्ध गराउँदै, थप युजर फ्रेन्ड्ली मोडलहरु सार्वजनिक गर्दै



काठमाडौँ । स्मार्टफोन ब्रान्ड रियलमीले २०१९ मा नेपालमा लन्च भएदेखि नै आफ्ना ग्राहकहरूलाई उत्कृष्ट स्मार्टफोनहरु सुपथ मूल्यमा उपलब्ध गराउँदै आएको छ । इनोभेशन, प्रविधि र पर्फमेन्समा विशेष ध्यान दिएर नयाँ उत्पादनहरु ल्याउने भएकोले नेपाली स्मार्टफोन बजारमा रियलमीले निरन्तर रूपमा उच्च ग्राहक सन्तुष्टि दर कायम गर्दै एउटा बेन्चमार्क नै सेट गरेको जनाएको छ ।

श्रोतको अनुसार रियलमीले सन् २०२२ मा गरेको कुल बिक्रीको अनुपातमा जम्मा १.०१% सेटहरु मात्र मर्मतको लागि आएका थिए, जसले रियलमीका स्मार्टफोनहरुको गुणस्तरतालाई प्रमाणित गरेको छ ।

२०२२ मा रियलमीको रियलमी जीटी २ प्रो, रियलमी जीटी नियो ३, रियलमी सी ३५, रियलमी सी ३३, रियलमी सी ३१, रियलमी सी ३०, रियलमी सी ३० एस, रियलमी ९, रियलमी ९ प्रो, रियलमी ९ प्रो +, रियलमी ९आई, रियलमी ९आई ५जी, रियलमी नार्जो ५०आई प्राईम र रियलमी नार्जो ५०ए प्राईम सहित कुल १४ ओटा नयाँ स्मार्टफोन मोडलहरू बजारमा आएका थिए ।

त्यस्तै २०२३ मा रियलमीले तीन नयाँ मोडलहरू रियलमी १० प्रो+ ५जी, रियलमी १० र रियलमी सी ५५ लन्च गरेको छ । यी फोनहरु उपभोक्ताको विविध आवश्यकता र बजेटलाई ध्यानमा राखी डिजाइन गरिएका थिए । यी सबै स्मार्टफोन मोडलहरू ग्राहकहरूले निकै रुचाएका थिए । यसले निरन्तर रूपमा उच्च गुणस्तरका स्मार्टफोनहरू उत्पादन गर्ने रियलमीको प्रतिबद्धतालाई अझै प्रष्ट पारेको छ ।

यो वर्ष रियलमीले थप युजर फ्रेन्ड्ली मोडलहरु सार्वजनिक गर्दैछ, जसले गर्दा झन धेरै उपभोक्ताहरुले भ्यालु फर मनि स्मार्टफोनहरु प्रयोग गर्न पाउनेछन् । वर्षको अन्त्य सम्ममा ग्राहकहरुले रियलमीबाट केही अझै नयाँँ र उत्कृष्ट उत्पादनहरु अपेक्षा गर्न सक्नेछन् । आफ्ना ग्राहकहरूले छिटो–छरितो, प्रभावकारी र भरपर्दो सेवा प्राप्त गरुन् भनेर सुनिश्चित गर्नको लागि रियलमीले उत्कृष्ट आफ्टर सेल्स सर्भिस प्रदान गर्दै आएको छ ।

रियलमी नेपालका कन्ट्री हेड मुनिष गिरीले भने,“ रियलमी ब्रान्ड विश्वव्यापी रूपमै उच्च गुणस्तरीय स्मार्टफोनहरु उत्पादन गर्न प्रतिबद्ध छ । नेपाली ग्राहकहरूको माया र विश्वास पाउनु र उहाँहरुको गो–टु स्मार्टफोन ब्रान्ड हुन पाउँदा हामीलाई गर्व लागेको छ । हामी हाम्रा हरेक काम ग्राहक वर्गलाई ध्यानमा राखेर गर्दछौँ र उत्कृष्ट उत्पादन तथा सेवा प्रदान गर्नु भनेको व्यापार राम्रो हुनु मात्र नभएर हाम्रो कम्पनीको मुल मान्यता पनि रहेको छ ।” शंकर ग्रुपका एक्जिक्युटिभ डाइरेक्टर सक्षम जाटियाले ग्राहक वर्गलाई प्रदान गर्ने उत्पादन र सेवामा उच्चतम गुणस्तर कायम राख्न हरदम प्रतिबद्ध रहने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL