Logo

रियलमीको अहिलेसम्मकै सबैभन्दा स्लिम मोडल रियलमी १०, छिट्टै नेपाल भित्रिने

रियलमीको अहिलेसम्मकै सबैभन्दा स्लिम मोडल रियलमी १०, छिट्टै नेपाल भित्रिने



काठमाडौं । विश्वमै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो नयाँँ मोडल रियलमी १० को डिजाइन सार्वजनिक गरेको छ । जम्मा ७.९५ मिमि मोटाइ रहेको यस मोडललाई कम्पनीले अहिलेसम्म निकालेको सबैभन्दा स्लिम स्मार्टफोन भएको जानकारी दिएको छ ।

laxmi

यति स्लिम भएर पनि यसमा ब्याट्रि भने शक्तिशाली ५००० एमएएचको जडान गरिएको छ । स्लिम डिजाइन र हल्का तौल अनि शक्तिशाली ब्याट्रि भएकोले गर्दा दैनिक रुपमा धेरै फोन प्रयोग गरिरहनुपर्ने अहिलेको जीवनशैलीलाई रियलमी १० ले धेरै सजिलो बनाउने कम्पनीले जनाएको छ ।

स्मार्टफोन डिजाइन गर्दा रियलमीले होल्डिङ एक्स्पिरियन्स (फोन समाउँदा हुने अनुभव) लाई अत्यन्तै प्राथमिकतामा राख्दै आएको छ । त्यसैले रियलमीले आफ्ना अधिकांश उत्पादनहरु हलुका र स्लिम बनाउँदै आइरहेको छ । यसका साथै रियलमी आफ्ना नम्बर सिरिजहरुमा हरेक उपभोक्ताहरुको लागि उच्च–स्तरीय र स्टाइलिस उत्पादनहरु बजारमा ल्याउन प्रतिबद्ध छ ।

६.४ इन्चको ठुलो एमोलेड डिस्प्ले, दिनभरी आरामसँग चलाउनको लागि हलुका र अल्ट्रा–स्लिम बडीको साथ–साथै ५००० एमएएचको शक्तिशाली ब्याट्रि र हेर्दा आकर्षक देखिने स्टाइलिश डिजाइन भएको यो रियलमी १० नयाँँ स्मार्टफोन किन्ने सोचमा भएका हरेकको लागि एकदमै उपयुक्त रोजाई हो ।

त्यस्तै ३.५ मिमिको हेडफोन ज्याक र २०० प्रतिशत अल्ट्राबुम स्पिकरले यसको आकर्षक डिजाइनमा अझै सुनमा सुगन्ध थपेका छन । यो सँगै अब उपभोक्ताहरुले पार्टी अथवा अन्य कुनै रमाइलो पलहरुमा बस्टेड भोल्युममा हाइ रेजोल्युसन साउन्डको मज्जा लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL