Logo

अस्थिर राजनीतिको प्रभाव सेयर बजारमा : धानिएन नेप्सेको ओरालो यात्रा, १९९ कम्पनीका लगानीकर्ताले गुमाए

अस्थिर राजनीतिको प्रभाव सेयर बजारमा : धानिएन नेप्सेको ओरालो यात्रा, १९९ कम्पनीका लगानीकर्ताले गुमाए



काठमाडौं । देशमा राष्ट्रपतिको उम्मेदवार चयन नजिकिँदै जाँदा राजनीतिक अस्थिरता बढेका कारण त्यसको असर सेयर बजारमा प्रष्टसँग देखिएको छ । पुष्मकमल दाहाल नेतृत्वको सरकारलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समेत विश्वासको मत दिएसँगै सेयर बजारले भने राजनीतिक दलप्रतिको विश्वास गुमाउन पुगेको थियो ।

laxmi

दाहाल नेतृत्वमा नयाँ सरकार गठनसँगै उच्च रुपमा बढेको सेयर बजारमा कांग्रेसले विश्वासको मत दिएसँगै ओरालो यात्रा तय गरेको थियो । उक्त यात्रा हालसम्म रोकिएको छैन । सोमबार बजार खुलेदेखिनै आरालो लागेको नेप्से परिसुचक अन्तमा २३.६० अंकले घटेर रोकिएको छ ।

कांग्रेसले सरकारलाई विश्वासको मत दिएसँगै बजारले ओरालो यात्रा तय गर्दा पछिल्लो समय धेरै लगानीकर्ता ट्रर्यापमा परेका छन् । ‘नयाँ सरकार गठनसँगै राजनीतिक स्थिरता हुने आशामा धेरै लगानीकर्ता एकैपटक बजार प्रवेश गरेका थिए,’ एक लगानीकर्ताले भने, ‘तर बजार घट्दा त्यतिवेला प्रवेश गरेका लगानीकर्ता अहिलेसम्म बाहिरिन सकेका छैनन् ।’ साथै नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत पनि सेयर बजार सम्बन्धी कुनै सकारात्मक सुधार नगरेपछि लगानीकर्ताहरु अझै बढी निरास बन्न पुगेका छन् ।

सोमबार घट्दो बजारमा १९९ कम्पनीका लगानीकर्ताले आफ्नो सम्पत्ति गुमाउन पुगेका छन् । जसमध्ये जीवन विकास लघुवित्तका लगानीकर्ताले सबैभन्दा बढी ९.१५ प्रतिशतले गुमाउँदा उपकार लघुवित्तका लगानीकर्ताले ७.४२ प्रतिशतले गुमाएका छन् । तर दोहोरो अंकले घटेको बजारमा ४४ कम्पनीका लगानीकर्ताले कमाएका छन् जसमा राप्ती हाइड्रोको सेयरले बढेर सर्किट हानेको छ ।

बजारमा कुल १ अर्ब ९४ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ । जसमा २५८ कम्पनीको ६० लाख ९१ हजार कित्ता सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL