Logo

उपाय कार्गाेले संचालनमा ल्यायो उपाय स्टेसन, ७० ट्रक पार्क गर्न मिल्ने

उपाय कार्गाेले संचालनमा ल्यायो उपाय स्टेसन, ७० ट्रक पार्क गर्न मिल्ने



काठमाडौं । लजिस्टिक्स कम्पनी उपाय कार्गाेले मोरङको विराटनगरमा उपाय स्टेसन सञ्चालनमा ल्याएको छ। कम्पनीले प्रविधि र पूर्वाधारमा लगानी गर्ने योजनाअनुरुप ३ बिघा क्षेत्रफलमा विश्राम केन्द्रको रुपमा उक्त स्टेसन सञ्चालनमा ल्याएको हो।

laxmi

स्टेसनमा ७० वटाभन्दा बढी ट्रक पार्क गर्न मिल्नेछ भने चालकहरुलाई लुगा धुने, नुहाउने, गाडी मर्मत गर्न मिल्ने र सहुलियत क्यान्टिनको सुविधा उपलब्ध रहेको उपायले जनाएको छ।

उपाय स्टेसन पूर्वपश्चिम राजमार्गको टंकीशिनरवासीमा रहेको छ। जुन नेपालको पहिलो विश्रामकेन्द्र भएको कम्पनीले दाबी गरेको छ। ‘स्टेसनमा सामान भण्डारण र वितरणको पनि व्यवस्था गरिएको छ’, कम्पनीले भनेको छ।

स्टेसन कम्पनीका सञ्चालक तथा सहसंस्थापक रञ्जिव श्रेष्ठले फागुन ५ मा उद्घाटन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
MBL