Logo

ब्रोकर शाखा खोल्ने निर्देशिका २०७९ जारी : एक पटकमा एउटा मात्रै शाखा, चुक्ता पुँजी डेढ करोड (निर्देशिका सहित)

ब्रोकर शाखा खोल्ने निर्देशिका २०७९ जारी : एक पटकमा एउटा मात्रै शाखा, चुक्ता पुँजी डेढ करोड (निर्देशिका सहित)



काठमाडौं । नेपाल धितोपत्र बोर्डले ‘धितोपत्र दलाल व्यवसायीले शाखा कार्यालय खोल्ने सम्बन्धी निर्देशिका, २०७९’ जारी गरेको छ । ब्रोकर शाखा कार्यालय संचालनलाई व्यवस्थित गर्न बोर्डले उक्त निर्देशिका कार्यान्वयनमा ल्याएको हो ।

laxmi

उक्त निर्देशिका अनुसार अब दलाल व्यवसायीहरुले एक पटकमा एउटा मात्रै शाखा कार्यालय खोल्न पाउने भएका छन् ।
यस्तै धितोपत्र दलालले शाखा कार्यालय खोल्नका लागि निवेदन दिएको १५ दिनभित्रै बोर्डले अध्ययन गरी कार्यालय खोल्न स्वीकृति प्रदान गर्ने व्यवस्थासमेत निर्देशिकामा गरिएको छ ।

धितोपत्र दलाल व्यवसायीले पनि बोर्डले स्वीर्कति दिएको ३ महिनाभित्रै शाखा कार्यालय संचालनमा ल्याईसक्नुपर्ने व्यवस्था निर्देशिकामा गरिएको छ भने संचालनमा आएको ७ दिनअघि नै बोर्डलाई जानकारी दिनुपर्नेछ ।

यस्तै धितोपत्र दलाल व्यवसायीले शाखा कार्यालयको चुक्ता पूँजी भने १ करोड ५० लाख रुपैयाँ कायम गर्नुपर्ने व्यवस्था समेत निर्देशिकामा गरिएको छ ।

यस्तै निर्देशिकाले काठमाडौंमै नयाँ शाखा कार्यालय खोल्नका लागि केहि कडाई गरेको छ । अब काठमाडौं उपत्यकाबाहिर ३ ओटा शाखा खोलेपछि मात्रै उपत्यकामा शाखा खोल्न पाईने भएको छ ।

यस्तो छ निर्देशिकाको पूर्णपाठ :

[googleapps domain=”drive” dir=”file/d/141-C5Dxcp0H3F_lDa9HlnxqkL3xVfNE1/preview” query=”” width=”100%” height=”700″ /]

प्रतिक्रिया दिनुहोस्
MBL