Logo

सार्क चेम्बरको अध्यक्षमा चण्डीराज ढकाल चयन, डिसेम्बरबाट कार्यभार सम्हाल्ने

सार्क चेम्बरको अध्यक्षमा चण्डीराज ढकाल चयन, डिसेम्बरबाट कार्यभार सम्हाल्ने



काठमाडौं । सार्क चेम्बरको अध्यक्षमा चण्डीराज ढकाल चुनिएका छन् । सार्क चेम्बरको हालै सम्पन्न २८ औं कार्यकारी समिति तथा महासभाबाट ढकाल अध्यक्ष चयन भएका हुन् ।

ढकालले डिसेम्बरबाट कार्यभार सम्हाल्नेछन् । ढकाल यसअघि सार्क चेम्बरको उपाध्यक्ष थिए । यस्तै ढकालले सार्क चेम्बरमा विश्ष्टि सदस्यका साथै विधान समितिको सभापतिका रुपमा समेत काम गरिसकेका छन् । सार्क चेम्बरमा नेपालको तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघले मनोनित गरेर पठाउँदै आएको छ ।

सोहीअनुरुप सन २०२३ मा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले चण्डीराज ढकाललाई मनोनित गर्दै थप २ वर्षे कार्यकालका लागि निरन्तरता दिएका थिए । बंगलादेशमा भएको सार्कको महासभाले ढकाललाई उपाध्यक्षसहित वित्त समितिको संयोजकको समेत जिम्मेवारी दिएको थियो।

नेपालको तर्फबाट सार्कको कार्यसमितिमा १० जना र महासभामा १० गरी २० जना व्यवसायीहरु रहने गरेका छन् । यसअघि सार्क चेम्बरको अध्यक्षता बंगलादेशले गर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्