Logo

एलजीका नयाँ मोडलका आधुनिक होम थ्रिएटर बजारमा

एलजीका नयाँ मोडलका आधुनिक होम थ्रिएटर बजारमा


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२९ मंसिर, काठमाडौं । सीजी इलोक्ट्रोनिक्सले नयाँमोडेलका एलजी होम थ्रियटर बजारमा ल्याएको छ । एलजीको नेपालका लागि आधिकारिक विक्रेता चौधरी ग्रुप अन्तरगतको सीजी इलोक्ट्रोनिक्सले उक्त होम थ्रियटर बजारमा ल्याएको हो । नेपाली ग्राहकहरुको मागलाई मध्यनजर गर्दै कम्पनीले आधुनिक खालको होम थ्रिएटर बजारमा ल्याएको कम्पनीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

सीजीले बजारमा ल्याएको डीभीडी प्लेयरमा आफूलाई मन परेको फिल्म राम्रो पिक्चर क्वालीटीमा घरमै बसी हर्ने सकिनेछ । एलजी अत्याधुनिक मनोरञ्जनका साधनहरु आफ्नो ग्राहकवर्गहरु समक्ष पु¥याउने विश्वकै एक प्रमुख ब्राण्ड भएको कम्पनीको दावी छ ।

एलजी होम थ्रिएटर कम्प्याक्ट र प्रोटेवल भएको हुदाँ यसलाई घरको कुनै पनि स्थानमा सजिलै राख्न सकिनेछ । थ्रिएटरमा भएको डीप वास साउण्डमा आनन्ददायी तरिकाबाट गीत सुन्न समेत सकिनेछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL