Logo

नेप्सेमा छायो हरियाली, परिसुचक दोहोरो अंकले बढ्दा कारोबार रकम ५ अर्ब ३१ करोडमाथि

नेप्सेमा छायो हरियाली, परिसुचक दोहोरो अंकले बढ्दा कारोबार रकम ५ अर्ब ३१ करोडमाथि



काठमाडौं । सोमबार नेपाली स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ४६.७६ अंकले उकालो लागेको छ । कारोबार समयमो सुरुवातिदेखि उकालो यात्रा तय गरेको नेप्से परिसुचक अन्तिममा उच्च अंकले बढ्दै २२ सय ११ को विन्दुमा पुगेर रोकिएको हो ।

आज बजारमा २ सय ५७ कम्पनीका १ करोड ४६ लाख ७६ हजार २ सय ६ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ५ अर्ब ३१ करोड ४३ लाख ७ हजार माथि पुगेको छ ।

आज बजारमा कारोबार भएकामध्ये १ सय ७३ कम्पनीको सेयरमूल्य उकालो लागेको छ । त्यसमध्ये पनि १२ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL