Logo

१८ अंकले बढेको नेप्सेमा ५ अर्बको कारोबार, ९ कम्पनीको सेयरमूल्यमा सर्किट

१८ अंकले बढेको नेप्सेमा ५ अर्बको कारोबार, ९ कम्पनीको सेयरमूल्यमा सर्किट



काठमाडौं । नयाँ सरकार आएसँगै लगातार उकालो लागिरहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक बिहीबार झण्डै १८ अंकले उकालो लागेको छ । नेप्सेका अनुसार बिहानैदेखि उत्तारचढाव गरिरहेको बजारमा आज परिसुचक १७.९२ अंकले बढ्दै २१ सय ४३.७६ को विन्दुमा पुगेर रोकिएको छ ।

दोहोरो अंकले बढेको बजारमा आज कारोबार रकम पनि ५ अर्ब नाघेको छ । नेप्सेका अनुसार आज दिनभरको कारोबारमा २ सय ५९ कम्पनीका १ करोड २५ लाख ८१ हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ५ अर्ब ४ करोड ७ लाख ४० हजार रुपैयाँ बढी पुगेको हो ।

आज परिसुचक र कारोबार रकममा उच्च वृद्धि हुँदा ९ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट ब्रेकर लागेको छ । यीलगायत आज १ सय ४७ कम्पनीको सेयरमूल्य उकालो लाग्दा ६२ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL