Logo

१७ अंकले बढ्यो बजार, ४ अर्बको कारोबार

१७ अंकले बढ्यो बजार, ४ अर्बको कारोबार



काठमाडौं । साताको पहिलो दिन आईतबार नेपाल स्टक एक्सचेन्ज परिसुचक (नेप्से) १७.२६ अंकले बढेको छ । आईतबार कारोबार समयको सुरुवातिदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा दोहोरो अंकले बढ्दै २ हजार ४६ को विन्दुमा पुगेको हो ।

आज परिसुचक दोहोरो अंकले बढेसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ । नेप्सेका अनुसार यस दिन २ सय ६१ कम्पनीको १ करोड ८ लाख ८० हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ४ अर्ब ४ करोड ८८ लाख ७९ हजार रुपैयाँ नाघेको छ ।

आज बजारमा कारोबार भएका कम्पनीमध्ये १ सय २१ कम्पनीको सेयर बढ्दा ८७ कम्पनीको सेयरमूल्य ओरालो लागेको छ । यस्तै आज ५ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL