Logo

बाराही हाइड्रोपावरको आइपीओ बाँडफाँट, साढे ५१ हजारले पाए १०/१० कित्ता सेयर

बाराही हाइड्रोपावरको आइपीओ बाँडफाँट, साढे ५१ हजारले पाए १०/१० कित्ता सेयर



काठमाडौं । बाराही हाइड्रोपावर कम्पनीले आइतबार आइपीओ बाँडफाँट गरेको छ । कम्पनीले आवेदन परेकामध्ये ५१ हजार ५ सय २२ जनालाई १०/१० कित्ता बाँडफाँट गरेको हो । मागभन्दा २७.८६ प्रतिशत बढी आवेदन परेको कम्पनीको आइपीओमा १ करोड ४३ लाख ५१ हजार ८ सय ३० कित्ता सेयरका लागि लागि १२ लाख ५८ हजार ४ सय २१ जनाले आवेदन दिएका थिए।

laxmi

जसमध्ये ११ लाख ९२ हजार ४ सय ९४ जना आवेदक योग्य भएका थिए। उनीहरुको १ करोड ३० लाख ९३ हजार १ सय ४० कित्ता सेयर बराबरको आवेदन प्रमाणित भएको हो।

कम्पनीले गत मंसिर २१ देखि २६ गतेसम्म ५ लाख ५४ हजार कित्ता आइपीओको बिक्रीका लागि दरखास्त खुलाएको थियो।

जारी आइपीओमध्ये ११ हजार ८० कित्ता कम्पनीका कर्मचारी र २७ हजार ७ सय म्युचुअल फण्डलाई छुट्याइएको थियो। बाँकी ५ लाख १५ हजार २ सय २० कित्ता सर्वसाधारणलाई बिक्री गरिएको हो।

प्रतिक्रिया दिनुहोस्
MBL