Logo

पुनः मास प्रिन्टर खरिदको टेन्डर आह्वान, तोकियो आवेदन दिने समय

पुनः मास प्रिन्टर खरिदको टेन्डर आह्वान, तोकियो आवेदन दिने समय



काठमाडौं । यातायात व्यवस्था विभागले स्मार्टकार्ड लाइसेन्स छाप्नका लागि पुनः मास प्रिन्टर खरिदको बोलपत्र आह्वान गरेको छ । गत कार्तिक महिनामा आह्वान गरेको बोलपत्रमा प्राविधिक समस्या आएपछि रद्ध गरेको विभागले केहि दिनमै पुनः टेण्डर आह्वान गरेको हो ।

laxmi

आगामी माघ २ गतेसम्म आवेदन दिन सकिने उक्त टेण्डरमा एउटै प्रक्रियामार्फत २ ओटा सिल गरिएको खाममा आवेदन दिनु पर्नेछ । एउटा खाममा प्राविधिक तथा अन्य बीड राख्नुपर्नेछ भने अर्काेमा मूल्यको बारेमा राख्नुपर्ने विभागले जानकारी दिएको छ ।

पछिल्लो समय सवारी चालकको संख्या बढ्दै गएपछि अनुमतिपत्र बनाउनेको संख्या पनि त्यत्तिकै मात्रामा बढेको छ । तर, विभागले भने सवारीचालकलाई मागबमोजिम स्मार्टकार्ड लाइसेन्स उपलब्ध गराउन सकेको छैन ।

हाल विभागसँग भएको एउटा मात्रै मास प्रिन्टरमार्फत प्रतिदिन ४ हजारदेखि ४५ सयसम्म स्मार्टकार्ड लाइसेन्स छपाई हुन्छ । तर, लाइसेन्सको दैनिक माग भने करिव ९ हजारसम्म छ । यसको ग्याप परिपूर्ति गर्न विभागले नयाँ मास प्रिन्टरका लागि टेन्डर आह्वान गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL