Logo

किन रद्ध गरियो लाइसेन्स छाप्ने मास प्रिन्टर खरिदको टेण्डर ?, पुनः बोलपत्र आह्वान गरिने

किन रद्ध गरियो लाइसेन्स छाप्ने मास प्रिन्टर खरिदको टेण्डर ?, पुनः बोलपत्र आह्वान गरिने



काठमाडौं । यातायात व्यवस्था विभागले कार्तिक २८ मा आह्वान गरेको मास प्रिन्टर खरिदको टेण्डर रद्ध गरेको छ । बुधबार एक सूचना जारी गर्दै विभागले उक्त बोलकबोल नै रद्ध गरिएको बताएको हो ।

laxmi

पछिल्लो समय विभागमा लाइसेन्सको माग उच्च भएपनि प्रिन्टरको अभावले मागअनुसारको लाइसेन्स छपाई हुन सकेको छैन । यसको ग्याप परिपूर्ति गर्न विभागले गत कार्तिक २८ गते मास प्रिन्टर खरिदका लागि इलेक्ट्रोनिक वीड सार्वजनिक गरेको थियो ।

यसबीचमा उक्त वीडमा प्राविधिक समस्या आएकाले पुनः केहि दिनमा टेण्डर आह्वानको सूचना जारी गर्नेगरी हालको सूचना खारेज गरिएको विभागका सूचना अधिकारी ईश्वरीप्रसाद पनेरुले बताए । उनका अनुसार गत महिना आह्वान गरिएको टेण्डरमा कम्पनीहरुले टेण्डर हाल्नै नमिल्नेगरी प्राविधिक समस्या आएको थियो । जसका कारण हालसम्म उक्त वीड प्रक्रियामा कसैको आवेदन पनि परेको छैन ।

प्राविधिक समस्या पहिचान गरी पुनः सोही सूचनाकै आधारमा मास प्रिन्टरको खरिदका लागि टेण्डर आह्वान गर्ने तयारी गरिएको उनले बताए ।

विभागले हाल आफुसँग भएको एउटा मास प्रिन्टरमार्फत स्मार्टकार्ड लाइसेन्स छाप्दै आएको छ । हाल विभागसँग भएको मास प्रिन्टरले प्रतिदिन ४ हजार देखि ४५ सय थान लाइसेन्स छाप्न सक्छ । तर, नेपालभर लाइसेन्सको माग भने प्रतिदिन ७ देखि ९ हजारसम्मको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL