Logo

GBIME

तत्काल सरकारी नीति परिवर्तन गर्न अटो व्यवसायीको माग, गाडी आयात नखोले आन्दोलन गर्ने चेतावनी

तत्काल सरकारी नीति परिवर्तन गर्न अटो व्यवसायीको माग, गाडी आयात नखोले आन्दोलन गर्ने चेतावनी



काठमाडौं । अटो व्यवसायीहरुले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को सचिवालयमा एक कार्यक्रमको आयोजना गर्दै नाडा अटोमोबाईल्स एसोसिएसनले विरोध कार्यक्रमको घोषणा गरेको हो ।

Laxmi

पछिल्लो समय नेपालको अटो क्षेत्र धराशायी हुँदै गएको र यसमा सरकारले ध्यान नदिएपछि विरोधका कार्यक्रम नै सार्वजनिक गर्नुपर्ने अवस्था आएको नाडाका अध्यक्ष ध्रुव थापाले बताए । उनका अनुसार गाडी आयातमा शतप्रतिशत र ५० प्रतिशत नगद मार्जिनको व्यवस्था, चालुपूँजी कर्जा मार्गदर्शनलगायतका व्यवस्थाले अटो व्यवसायीहरु ठुलो मारमा परेका छन् । कुल राजस्वमा करिव २१ प्रतिशत योगदान दिने अटो क्षेत्र पछिल्लो ८ महिनादेखि बन्दप्राय रहेको उनको भनाई थियो ।

यसमाथि सरकारले कुनै ध्यान नदिँदा हालसम्म ५८ ओटा डिलर बन्द भईसकेको उनले बताएका छन् । यस्तै नाडाका अनुसार नेपालमा अटो क्षेत्रले करिव १ लाख जनालाई रोजगारी दिएकोमा सरकारी नीतिकै कारण ३० प्रतिशत रोजगारी नै कटौति गर्नुपरेको छ ।

अटो व्यवसायीहरुले सरकारले गाडी आयातमा ५० प्रतिशत र पार्ट्स आयातमा १ सय प्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था हटाउनुपर्ने, चालु पूँजी कर्जा मार्गदर्शन खारेज गर्नुपर्ने, व्याजदरमा नियन्त्रण गर्नुपर्ने, मौद्रिक नीति नै संशोधन गर्नुपर्नेलगायतका मागहरु राखेका छन् ।

हालसम्म सरकारले यस्ता मागहरुमा कुनै सम्बोधन नगरेकाले बाध्य भएर आन्दोलनका कार्यक्रमहरुको घोषणा गर्नुपरेको नाडाका अध्यक्ष थापाको भनाई थियो । यस अन्तर्गत आगामी २२ गते सम्पूर्ण व्यवसायीले कालो पहिरन लगाई ११ बजेदेखि २ बजेसम्म माइतीघर मण्डलामा धर्ना दिने योजना छ । यो दिन सातै प्रदेशमा यस्तो विरोधको कार्यक्रम हुने नाडाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
NCHL
NTC