Logo

७ अंकले घट्यो नेप्से, कारोबार रकम १ अर्ब माथि

७ अंकले घट्यो नेप्से, कारोबार रकम १ अर्ब माथि



काठमाडौं । साताको चौथो दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)परिसुचक ७.७२ अंकले घटेको छ । कारोबार समयको सुरुवातिदेखि ओरालो लागेको बजार अन्तिम समयमा करिव पौने ८ अंकले घट्दै १९ सय २१ अंकको विन्दुमा पुगेको हो ।

laxmi

आज दिनभर २ सय २३ कम्पनीका २८ लाख ३९ हजार ३ सय ७३ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १ अर्ब २ करोड २२ लाख ९३ हजार रुपैयाँ माथि पुगेको छ ।

आज सिभिल बैंकको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्दा घलेम्दी हाइड्रोपावरको सेयरमूल्य पनि सर्किट नजिक पुगेको थियो । यसरी आज दिनभरको कारोबारमा ६६ कम्पनीको सेयरमूल्य उकालो लाग्दा अन्य १ सय ४२ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL