Logo

साताको अन्तिम दिन पनि दोहोरो अंकले घट्यो बजार, नेप्से परिसुचक १९ सयको विन्दुबाट ओर्लियो

साताको अन्तिम दिन पनि दोहोरो अंकले घट्यो बजार, नेप्से परिसुचक १९ सयको विन्दुबाट ओर्लियो



काठमाडौं । साताको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)परिसुचक दोहोरो अंकले ओरालो लागेको छ । कारोबार समयको सुरुवातिदेखि ओरालो लाग्न सुरु गरेको नेप्से परिसुचक अन्तिममा २३.५२ अंकले घटेर १८ सय ९३ को विन्दुमा पुगेको हो ।

laxmi

आज कारोबार समयभर २ सय २६ कम्पनीका ३१ लाख १४ हजार ६ सय ८९ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १ अर्ब ११ करोड ९४ लाख ६१ हजार रुपैयाँ नाघेको छ ।

आज बजारमा सबै समुहका परिसुचक ओरालो लाग्दा सबैभन्दा बढी गिरावट निर्जीवन बीमा समुहको परिसुचकमा देखिन्छ । आज यो समुहको परिसुचकमा ८८ अंकको गिरावट आउँदा जीवन बीमा समुहको परसुचकमा ६९, उत्पादनमुलक समुहको परिसुचकमा ६३ र लघुवित्त समुहको परसुचकमा ५० अंकको गिरावट आएको हो ।

यस्तै बजारमा सबैभन्दा बढी प्रभुत्व भएको बैंकिङ समुहको परिसुचकमा बिहीबार ९ अंकले घट्दा विकास बैंक, जलविद्युत, वित्त र व्यापार समुहको परिसुचकमा क्रमशः ४८, ४१, ३८ र २१ अंकको गिरावट आएको छ ।

आज दिनभर भएको कारोबारमा २१ कम्पनीको सेयरमूल्य उकालो लाग्दा १ सय ९७ कम्पनीको सेयरमूल्य घटेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL