Logo

कारोबार रकमले साथ दिँदा बजारमा लगानीकर्ताको आकर्षण, नेप्से ६ अंकले घट्दा ७० कम्पनीको मूल्य बढ्यो

कारोबार रकमले साथ दिँदा बजारमा लगानीकर्ताको आकर्षण, नेप्से ६ अंकले घट्दा ७० कम्पनीको मूल्य बढ्यो



काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ६.४३ अंकले ओरालो लागेको छ । पछिल्लो समय उकालो यात्रा तय गरेको भनिएको सेयर बजार आज सामान्य अंकले ओरालो लाग्दा कारोबार रकममा भने उल्लेख्य सुधार आएको छ ।

नेप्सेका अनुसार आज २ सय २४ कम्पनीका ४९ लाख ४४ हजार ७६ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम भने २ अर्ब १० करोड ९१ लाख ६३ हजार नाघेको छ ।

बिहानैदेखि उकालो लागेको नेप्से परिसुचक दिउसो साढे १ बजेदेखि ओरालो लाग्दा ५ समुहको परिसुचक उकालो लागेका छन् भने ८ समुहका परिसुचक राताम्य भएका छन् ।

आज ओरालो लाग्नेमा उत्पादनमुलक ६३, निर्जीवन बीमा ८१ र विकास बैंक समुहको परिसुचक ३९ अंकले घटेका छन् । यस्तै बजारमा सबैभन्दा बढी प्रभुत्व भएको बैंकिङ समुहको परिसुचकमा आज ४ अंकको गिरावट आउँदा जलविद्युत ६, वित्त ९ र लघुवित्त २१ अंकले घटेका छन् ।

यसतै आज सबैभन्दा बढी जीवन बीमा समुहको परिसुचक ४६ अंकले उकालो लागेको छ भने व्यापार समुहको परिसुचकमा ३ अंकको वृद्धि देखिन्छ ।

आज बजारमा कारोबार भएका मध्ये १ सय ४४ कम्पनीको सेयरमूल्य ओरालो लाग्दा जम्मा ७० कम्पनीको सेयरमूल्य उकालो लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL