Logo

४५ कम्पनीले दिए नयाँ ब्रोकरका लागि आवेदन, डिलर सहितमा नबिल बैंक मात्रै (सूचीसहित)

४५ कम्पनीले दिए नयाँ ब्रोकरका लागि आवेदन, डिलर सहितमा नबिल बैंक मात्रै (सूचीसहित)



काठमाडौं । नयाँ ब्रोकर कम्पनीको लाइसेन्सका लागि ४५ कम्पनीले आवेदन दिएका छन् । नेपाल धितोपत्र बोर्डले आवेदन माग गरेको समयसिमा अर्थात आज(सोमबार) कार्यालय समयभित्र ४५ कम्पनीले नयाँ ब्रोकरका लागि आवेदन दिएको बोर्ड स्रोतले जानकारी दिएको छ ।

laxmi

बोर्डका अनुसार डिलरसहितको ब्रोकर कम्पनीका लागि १, मार्जिन कारोबारसहित पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवाका लागि ३ र पुर्ण ब्रोकर लाइसेन्सका लागि ४१ कम्पनीले आवेदन दिएका छन् ।

यीमध्ये डिलर सहितको ब्रोकर कम्पनीको लाइसेन्सका लागि नबिल बैंकको सहायक कम्पनी नबिल सेक्युरिटिजले आवेदन दिएको छ भने, मार्जिन कारोबारसहित पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवाका लागि मेगा स्टक मार्केट, सेन्चुरी बैंक र हिमालयन ब्रोकरेजले आवेदन दिएका छन् । वाँकी ४१ कम्पनीले भने पुर्ण ब्रोकर लाइसेन्सका लागि मात्रै आवेदन दिएका हुन् ।

ब्रोकरका लागि आवेदन दिएका कम्पनीहरु :

  • भोले गणेश सेक्युरिटिज लिमिटेड
  • क्यापिटल म्याक्स सेक्युरिटिज प्रालि
  • कलश सेक्युरिटिज प्रालि
  • हिमालयन ब्रोकरेज कम्पनी
  • एनएमबी सेक्युरिटिज लिमिटेड
  • सेक्युरिटिज लिमिटेड
  • प्रोपर्टी बिजार्ड लिमिटेड
  • सेयरप्रो सेक्युरिटिज लिमिटेड
  • माछापुच्छ्रे सेक्युरिटिज प्रालि
  • एनआईसी एसिया सेक्युरिटिज लिमिटेड
  • सन सेक्युरिटिज प्रालि
  • पाही इन्भेस्टमेन्ट लिमिटेड
  • मियो सेक्युरिटिज प्रालि
  • मेगा स्टक ब्रोकर लिमिटेड
  • एलिट स्टक हाउस
  • इन्फिनिटी सेक्युरिटिज लिमिटेड
  • इन्डेक्स सेक्युरिटिज लिमिटेड
  • जेबीएनएल सेक्युरिटिज लिमिटेड
  • प्रभु स्टक मार्केट क्यापिटल लिमिटेड
  • आरबीबी सेक्युरिटिज कम्पनी लिमिटेड
  • एसपीएसबी सेक्युरिटिज लिमिटेड
  • नबिल सेक्युरिटिज लिमिटेड
  • शुभकामना सेक्युरिटिज प्रालि
  • ट्रेडमो सेक्युरिटिज प्रालि
  • सानिमा सेक्युरिटिज लिमिटेड
  • आकाशभैरव सेक्युरिटिज लिमिटेड
  • हिमालयन सेक्युरिटिज लिमिटेड
  • क्यापिटल हब प्रालि
  • गरिमा सेक्युरिटिज लिमिटेड
  • स्टक्सकाट्र्स सेक्युरिटिज लिमिटेड
  • हातेमालो फानान्सियल सर्भिसेज प्रालि
  • सीबीआईएल सेक्युरिटिज
  • इगल स्टक इक्विटी प्रालि
  • इन्दिरा सेक्युरिटिज प्रालि
  • ब्ल्युचिप सेक्युरिटिज लिमिटेड
  • मिल्की वे सेयर ब्रोकर कम्पनी लिमिटेड
  • सनी सेक्युरिटिज कम्पनी लिमिटेड
  • सजिलो ब्रोकर कम्पनी लिमिटेड

प्रतिक्रिया दिनुहोस्
MBL