Logo

साताको पहिलो दिन दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम १ अर्ब ८७ करोडमै सिमित

साताको पहिलो दिन दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम १ अर्ब ८७ करोडमै सिमित



काठमाडौं । साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेन्च (नेप्से) परिसुचक २७ अंकले घटेको छ । कारोबार समयको सुरुवातमा केहि बढेको नेप्से १२ बजेपछि लगातार ओरालो लाग्दा अन्तिम समयमा २७.९२ अंकले घट्दै २ हजार १० को विन्दुमा पुगेर रोकिएको हो ।

laxmi

आज दिनभर २ सय २७ कम्पनीका ४५ लाख ५९ हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १ अर्ब ८७ करोड ३२ लाख रुपैयाँ पुगेको छ ।

आज बजारमा कारोबार भएका सबैजसो समुहको परिसुचक ओरालो लागेका छन् । जसमध्ये सबैभन्दा बढी गिरावट भने जीवन र उत्पादनमुलक समुहको परिसुचकमा देखिन्छ । आज जीवन बीमा समुहको परिसुचक २३३ अंकले घट्दा उत्पादनमुलक समुहको परिसुचक १९० अंकले घटेको छ ।

यस्तै आज निर्जीवन बीमा समुहको परिसुचकमा ५२ अंकको गिरावट आउँदा व्यापार समुहको परिसुचकमा ४७ अंकको गिरावट देखिन्छ । बजारमा सबैभन्दा धेरै प्रभुत्व भएको बैंकिङ समुहको परिसुचकमा भने आईतबार करिव ९ अंकको गिरावट देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL