Logo

१९ अंकले घटेको बजारमा पौने २ अर्बको कारोबार, लगातार ४ दिन घट्दा लगानीकर्ता थप पेनिक

१९ अंकले घटेको बजारमा पौने २ अर्बको कारोबार, लगातार ४ दिन घट्दा लगानीकर्ता थप पेनिक



काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक १९ अंकले घटेको छ । पछिल्लो समय लगातार घटिरहेको नेप्सेले बिहीबार पनि निरन्तरता पाएको हो । आज नेप्से परिसुचक दोहोरो अंकले घट्दा २ सय ३७ को विन्दुमा आएर रोकिएको छ ।
आज दिनभर २ सय २३ कम्पनीका ६२ लाख ९८ हजार ६ सय ३८ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १ अर्ब ७६ करोड १० लाख ३२ हजार रुपैयाँमा सिमित भएको छ ।

आज म्युचुअल फण्डबाहेकका सबै समुहका परिसुचक ओरालो लागेका छन् । जसमध्ये सबैभन्दा बढी गिरावट भने उत्पादनमुलक समुहको परिसुचकमा देखिन्छ । आज उत्पादनमुलक समुहको परिसुचक ८२ अंकले घट्दा निर्जीवन बीमा समुहको परिसुचकमा ७० अंकको गिरावट देखिएको छ ।

यस्तै आज जीवन बीमा समुहको परिसुचकमा ६७ अंकको गिरावट आउँदा विकास बैंक समुहको परिसुचकमा ५९ अंकको गिरावट देखिन्छ । बजारमा सबैभन्दा बढी प्रभुत्व भएको बैंकिङ समुहको परिसुचक बिहीबार ३ अंकले घटेको छ ।

आज हिमालयन हाइड्रो र अपर हेवाखोला जलविद्युत कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । पछिल्लो समय लगानीकर्ताहरु लगातारको गिरावटपछि पेनिक बन्दै गईरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL