Logo

रियलमीले ल्यायो सबैभन्दा पातलो सस्तो स्मार्टफोन सी ३१, कति छ मूल्य ?

रियलमीले ल्यायो सबैभन्दा पातलो सस्तो स्मार्टफोन सी ३१, कति छ मूल्य ?



काठमाडाैँ । स्मार्टफोन ब्रान्ड रियलमीले अहिले सम्मकै सर्वाधिक शक्तिशाली एन्ट्री लेभल स्मार्टफोन रियलमी सी३१ लन्च गरेको छ । यस स्मार्टफोनमा ५००० एमएएचको ब्याट्रि रहेको छ जुन स्ट्यान्ड-बाइमा ४५ दिनसम्म टिक्छ ।

त्यस्तै, यसमा १.८ गिगाहर्जको अक्टाकोर यूएनआईएसओसी टी ६१२ प्रोसेसर रहेको छ र उत्कृष्ट फोटोग्राफिको लागि १३ एमपिको क्यामरा रहेको छ । १७ हजार ७९९ रुपैँयाको आकर्षक मूल्यमा ४ जिबि र्याम र ६४ जिबि रोम सहित उपलब्ध यो फोन यो मूल्यमा सबैभन्दा पातलो मोबाइल सेट भएको दाबी गरिएको छ ।

लन्चमा बोल्दै रियलमीका कन्ट्री हेड मुनिश गिरीले भने, ‘यो क्लासकै बेस्ट पर्फर्मिङ स्मार्ट फोनको रुपमा रियलमी सी३१ को लन्च गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौँ । यो एकदमै स्लिक र सबैभन्दा कम्फर्टेबल फोन रहेको छ । यति मात्र नभएर यो सेट अत्यन्तै स्टाइलिश छ हुनुको साथै सुपथ मुल्यमा पनि उपलब्ध छ । हामी टप पर्फर्मेन्समा विश्वास गर्छौँ, त्यसैले हाम्रा हरेक स्मार्टफोनहरु कडा क्वालिटि चेक पछि मात्र बजारमा जान्छन् । हाम्रा सम्पूर्ण उपभोक्ताहरुको लागि अभुतपुर्व एन्ट्री–लेभल स्मार्टफोन अनुभव प्रदान गर्नको लागि हामी हाम्रो ‘डेयर टु लिप’अवधारणामा प्रतिबद्ध छौँ ।’

प्रतिक्रिया दिनुहोस्
MBL