Logo

बेकोको इन्भर्टर एअर कन्डिसनर बजारमा, १० वर्षको वारेन्टी

बेकोको इन्भर्टर एअर कन्डिसनर बजारमा, १० वर्षको वारेन्टी



काठमाडौं । सिजी ईलेक्ट्रोनिक्सले यूरोपियन इलेक्ट्रोनिक्स ब्राण्ड बेकोको कम बिजुली उपयोग गर्ने इन्भर्टर एअर कन्डीसनर नेपाली बजारमा सार्वजनिक गरेको छ ।

laxmi

जाडो र गर्मी दुवै मौसममा उपयोगी यस एअर कन्डीसनरमा गो क्लिन, जोनफलो, गोल्ड गार्ड जस्ता अत्याधुनिक फिचर्स तथा टेक्नोलोजीहरु रहेको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीको अनुसार गो क्लिन टेक्नोलोजीले एअर कन्डीसनरमा टासिएको धुलो र फोहोरहरु आँफै पखाल्छ जसले गर्दा एअर कन्डीसनरमा ब्याक्टेरिया र ढुसी जम्न दिँदैन, गन्ध घटाऊँछ र ताजा र स्वच्छ हावा प्रवाह गर्दछ । यस्तै गोल्ड गार्ड फिचर्सले एअर कन्डीसन क्षमतामा लामो समयसम्म टिकाउन मद्त गर्दछ भने जोनफलो टेक्नोलोजीले स्वचालित रूपमा कोठाको तापक्रम समायोजन गर्दछ ।

यसको रिमोटमा भएको विशेष सेन्सरले प्रयोगकर्तालाई कोठाको जुनसुकै कुनामा पनि समान तापक्रम अनुभुति प्रदान गर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो एअर कन्डीसनर नेपाली बजारमा १ टन, १.५ टन र २ टनमा उपलब्ध छ र यसमा १० वर्षको वारेन्टी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL