Logo

कर्न सीडब्लु ७० स्मार्टवाच नेपाली बजारमा, सस्तो मूल्यमा धेरै विशेषता

कर्न सीडब्लु ७० स्मार्टवाच नेपाली बजारमा, सस्तो मूल्यमा धेरै विशेषता



काठमाडौं । अन्तरराष्ट्रिय ब्राण्ड कर्नले नेपाली बजारमा नयाँ स्मार्टवाच मोडल सार्वजनिक गरेको छ। कम्पनीको नेपालका लागि एक मात्र आधिकारीक आयातकर्ता तथा बितरक क्यामियो इन्टरनेसनल प्रालिले एक कार्यक्रमकाबीच उक्त नयाँ स्मार्टवाच सार्वजनिक गरेको हो । कर्नको विश्व स्तरीय स्मार्ट वाच सीडब्लु ७० मोडल नेपालमा उपलब्ध भएको छ।

कर्नको नयाँ स्मार्टवाचमा १.८२ इन्चको आईपीएस डिस्प्ले, वाटरप्रुफ फिचर, बिग ब्याट्रि क्यापासिटी, वायरलेस चार्जिङ, ब्लड अक्सिजन मनिटर, हर्टरेट मनिटर लगायतका विशेषता रहेका छन् । यसका साथै यसमा यसको सबैभन्दा ठूलो विशेषता भनेको ब्लूटूथ कलिङ फिचर रहेको छ। नयाँ स्मार्टवाचमा ३६५ दिनको वारेन्टी पनि रहेको छ।

कम्पनीका म्यानेजिङ डाइरेक्टर राज गुप्ताले नेपाली बजारमा विश्व स्तरका गुणस्तरीय एसेसरिजहरु उपलब्ध गराउँदै आएको र बजेट सिरिजमा ब्लूटूथ कलिङ फिचरसहित स्मार्ट वाच पनि ल्याएको बताए।

‘हामीले कर्नका विश्वस्तरीय स्मार्टवाचहरु नेपाली बजारमा बेच्दै आएका छौं। अब बजेट मूल्यमा उत्कृष्ट फिचर भएको स्मार्टवाच मोडल लन्च गरेका छौं,’ उनले भने।

कम्पनीले कर्न सीडब्लु ७० स्मार्टवाचको बजार मूल्य ६ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ भने प्रि बुक गर्नेहरुले ६ हजार ४ सय ९९ रुपैयाँमा किन्न सक्नेछन् । प्रि बुक गर्नेहरुलाई फोल्डेबल पोर्टेबल वाटर स्प्रे फ्यान उपहारमा दिने छ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This