Logo

साढे २ प्रतिशतले बढ्यो गाडी भाडा, कहाँ जान कति ?

साढे २ प्रतिशतले बढ्यो गाडी भाडा, कहाँ जान कति ?



काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढेको भन्दै लामो दुरीका सार्वजनिक सवारीसाधनको भाडा बढाएको छ । यातायात व्यवस्था विभागले शुक्रबार एक सूचना जारी गर्दै लामो दुरीमा चल्ने यात्रुबाहक र मालवाहक सवारीसाधनको भाडादर वृद्धि गरेको हो ।

laxmi

विभागका अनुसार बिहीबार रातिदेखि लागु हुनेगरी डिजेलको मूल्य १ सय ६५ रुपैयाँ पुगेपछि गाडी भाडा पनि बढाईएको हो । विभागले सार्वजनिक सवारीसाधनको भाडा स्वचालित मूल्य समायोजन प्रणालीअनुसार बढेको जानकारी दिएको छ । उक्त प्रणाली अनुसार पेट्रोलियम पदार्थको मूल्य ५ प्रतिशतभन्दा बढीले घटबढ भएको खण्डमा सार्वजनिक सवारीसाधनको भाडा पनि सोही अनुसार समायोजन हुने व्यवस्था छ ।

नेपाल आयल निगमले बिहीबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर ८ र डिजेलको मूल्य प्रतिलिटर १२ रुपैयाँले बढाएको हो । यससँगै आजैदेखि लागु हुनेगरी यात्रुवाहक सवारीसाधनको हालको भाडादरमा २.५ प्रतिशतको वृद्धि भएको छ भने पहाडी बाटोमा चल्न मालवाहक सवारीसाधनको भाडादर ३.३ प्रतिशतले वृद्धि भएको छ ।

यस्तै तराईको बाटोमा चल्ने मालवाहक सवारीसाधनको भाडा साविकको भाडादरमा ३.७ प्रतिशतले वृद्धि भएको बताईएको छ । डिजेलको मूल्य बिहीबार रातिदेखि साविकको तुलनामा ७.८४ प्रतिशतले वृद्धि भएको हो ।

यस्तो छ नयाँ भाडादर :

[googleapps domain=”drive” dir=”file/d/1-3bm-XjolNJTHhE5FLwIXWD1yP5lW83I/preview” query=”” width=”800″ height=”500″ /]

प्रतिक्रिया दिनुहोस्
MBL