Logo

तराईका यात्रुको आवस्यकता पूरा गर्दै जजीरा, विदेशबाट सिधै तराई आउन सकिने

तराईका यात्रुको आवस्यकता पूरा गर्दै जजीरा, विदेशबाट सिधै तराई आउन सकिने



काठमाडौं । नेपालको दोस्रो अन्तरराष्ट्रिय विमानस्थल (भैरहवा)मार्फत कुवेतको जजिरा एयरवेजले तराईका यात्रुको आवस्यकता पूरा गर्ने भएको छ । कुवेतबाट भैरहवा सिधा उडान हुँदा विदेशबाट सिधै तराई आउन सजिलो हुने भएको हो ।

laxmi

यससंगै जजीरा एयरवेजले मध्य–पुर्व, एसिया र युरोपमा पनि आफ्नो उडान सेवा विस्तार गरेको छ । यसबाट मध्य–पुर्व र युरोप बसोबास गर्ने ठुलो समुदाय नेपालको दक्षिण–पश्चिम क्षेत्रमा प्रत्यक्ष रुपमा जोडिन सक्ने जजीरा एयरवेजका भाईस प्रेजिडेन्ट रविन्द्र भाराथनले बताए ।

उनका अनुसार जजीरा एयरवेजले निरन्तर आफ्नो सेवा विस्तार गर्दै थप नयाँ गन्तव्य थप्दै गईरहेको छ । यसले गर्दा कुवेत र मध्य–पुर्वको डाइरेक्ट रुट (प्रत्यक्ष धावन मार्ग) ले सेवा दिन नसकेका यात्रुहरुलाई प्रत्यक्ष लाभ पुग्नेछ । अब नेपाली एवम् विदेशी पर्यटकहरुलाई पनि विदेशबाट सिधै तराई जान सजिलो भएको छ । यो हवाइ सेवाले गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा प्रत्यक्ष उडान सेवा प्रदान गर्नेछ ।

आरआर ग्रुप अफ कम्पनिजको भगीनी संस्था सोसाइटी इन्टरन्यासनल ट्राभल सर्भिसेजका चेयरम्यान रवीचन्द्र सिंहले “७४वर्षसम्म काठमाडौंमा मात्र भर परेको अन्तरराष्ट्रिय उडान अब यो हवाइ सेवाको विस्तारसँगै नेपालको पश्चिम भागमा ठुलो परिवर्तन ल्याउनेछ, साथै यसले भैरहवाको आन्तरिक पर्यटनमा पनि टेवा पुर्याउनेछ । जसले समग्र नेपालकै आर्थिक बिकासमा सरोकार राख्छ । यो हामी सम्पूर्ण नेपालीको लागि ऐतिहासिक र गौरवपूर्ण क्षण हो ।

प्रतिक्रिया दिनुहोस्
MBL