Logo

आइएमई पे र गोल्डस्टारबीच सम्झौता, जुत्ता खरिदमा ३०% देखि ३०० सम्म

आइएमई पे र गोल्डस्टारबीच सम्झौता, जुत्ता खरिदमा ३०% देखि ३०० सम्म



काठमाडौं । ‘आइएमई पे’ र गोल्डस्टारबीच सम्झौता भएको छ । काठमाडौंमा एक विशेष कार्यक्रमको आयोजना गरी उक्त सम्झौता सम्पन्न गरिएको हो ।

सम्झौता अनुसार गोल्डस्टार जुत्ताहरूको खरिदमा अब आइएमई पे मार्फत भुत्तानी गर्दा ३० प्रतिशत देखि ३ सय रुपैयाँसम्मको छुटको व्यवस्था मिलाइएको छ । सम्झौता पत्रमा आइएमई पे को तर्फबाट सहायक महाप्रबन्धक प्रमोदमान सिँह बस्नेत र गोल्डस्टारको तर्फ बाट ई–वाणिज्य प्रमुख प्रवेश मिश्राले हस्ताक्षर गरेका छन् ।

२३ बैशाख २०७९, शुक्रबारका दिन देखि सुरु हुने यो सिमित समयको अफर हो जसमा गोल्डस्टार जुत्ता गोल्डस्टारको वेबसाइटबाट खरिद गर्दा वेब चेकआउटमा ३० प्रतिशतदखि ३ सय रुपैयाँसम्म छुट रहेको छ भने गोल्डस्टार जुत्ताका भौतिक आधिकारिक शोरुमहरूमा स्मार्ट क्युआरमार्फत पनि भुक्तानी गर्न सकिनेछ ।

उक्त सम्झौताबाट पुरानो प्रयोगकर्ताहरुको साथै नयाँ प्रयोगकर्ताहरुलाई डिजिटल प्रविधि चलाएर गोल्डस्टार जुत्ता खरिद गर्दा छुटको फाइदा उठाउन प्रोत्साहन दिईने आइएमई पेका सहायक महाप्रबन्धक प्रमोदमान सिँह बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL