Logo

गोल्डस्टारले दियो भूकम्पपीडितलाई ३५ लाख बराबरको १० हजार थान जुत्ता–चप्पल

गोल्डस्टारले दियो भूकम्पपीडितलाई ३५ लाख बराबरको १० हजार थान जुत्ता–चप्पल



काठमाडौं । गोल्ड स्टार सुजले जाजरकोट र रुकुम पश्चिमका भूकम्पका पीडितलाई १० हजार थान जुत्ता चप्पल सहयोग गरेको छ । गोल्डस्टार सुजकी कार्यकारी निर्देशक विदुषी राणाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर उक्त सहयोग हस्तान्तरण गरेका हुन् ।

laxmi

गोल्डस्टार सुजले ३५ लाख रुपैयाँ बराबरको १० हजार थान जुत्ता चप्पल सहयोग गरेको हो । सन् १९९० मा स्थापित किरण सुज म्यानुफ्याक्चरर कम्पनी अन्तर्गतको गोल्डस्टार सुज नेपालको सबैभन्दा ठूलो जुत्ता निर्माता कम्पनी हो ।

प्रतिक्रिया दिनुहोस्
MBL