Logo

चुनावी माहोलले पनि देखिएन लगानीकर्तामा उत्साह, नेप्से दोहोरो अंकले घट्दा कारोबार १ अर्बमै सिमित

चुनावी माहोलले पनि देखिएन लगानीकर्तामा उत्साह, नेप्से दोहोरो अंकले घट्दा कारोबार १ अर्बमै सिमित



काठमाडौं । देशभर स्थानीय तहको चुनावको बढ्दो माहोलले पनि सेयर बजारमा उत्साह ल्याएन । पछिल्लो समय लगातार घटिरहेको बजारले आज पनि निरन्तरता पायो साताको पहिलो कारोबार दिन ‘आईतबार’ उच्च अंकले बढेको नेपाली सेयर बजार हिजो सोमबार र आज लगातार ओरालो लागेको हो ।

laxmi

साताको तेस्रो कारोबार दिन आज बजार १५ अंकले घट्दा नेप्से विन्दु २३ सय ७० को विन्दुमा पुगेको छ ।

बिहान कारोबार समयको पहिलो घण्टा १७ अंकले बढेको सेयरबजार त्यसपछि भने निरन्तर ओरालो लागेको हो । आज बजार परिसुचकसँगै कारोबार रकममा पनि उल्लेख्य गिरावट आएको छ । कारोबार समयभर २ सय २८ कम्पनीका ३४ लाख १९ हजार २ सय २८ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम भने १ अर्ब ४ करोड ६० लाख रुपैयाँमै सिमित भएको छ ।

आज दिनभर भएको कारोबारमा उत्पादनमुलक र म्युचुअल फण्डबाहेकका सबै समुहको परिसुचक ओरालो लागेका छन् । आज उत्पादनमुलक समुहको परिसुचक १६ अंकले उकालो लाग्दा म्युचुअल फण्ड समुहको परिसुचकमा ०.२५ अंकको वृद्धि देखिएको छ ।

आज घट्ने समुहमध्ये सबैभन्दा बढी गिरावट निर्जीवन बीमा समुहको परिसुचकमा देखिन्छ । उक्त समुहको परिसुचक मंगलबार १ सय अंकले ओरालो लाग्दा जीवन बीमा समुहको परिसुचकमा ९५ अंकको गिरावट आएको छ ।

बजारमा सबैभन्दा बढी प्रभुत्व भएको बैंकिङ समुहको परिसुचकमा मंगलबार ५ अंकको गिरावट आउँदा विकास बैंक समुहको परिसुचक ४२ र जलविद्युत समुहको परिसुचक ४० अंकले ओरालो लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL