Logo

एक दिन पनि टिकेन सेयर बजारको रौनक, कारोबार रकम पनि खुम्चियो

एक दिन पनि टिकेन सेयर बजारको रौनक, कारोबार रकम पनि खुम्चियो



काठमाडौं । आईतबार उच्च अंकले बढ्दै बन्द भएको सेयरबजारको रौनक साताको दोस्रो दिनमै हराएको छ । आईतबार ९५ अंकको वृद्धिसहित हरियाली छाएको सेयरबजारमा सोमबार भने ३४.९५ अंकको पहिरो गएको हो ।

laxmi

सोमबार बजार करिव ३५ अंकले ओरालो लाग्दा कारोबार रकम पनि खुम्चिएको छ । दिनभरी भएको कारोबारमा २ सय ३९ कम्पनीका ५० लाख ४७ हजार बढी कित्ता सेयर किनबेच हुँदा २ अर्ब ४ करोड २२ लाख ५३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज बजारमा होटल तथा पर्यटन र म्युचुअल फण्डबाहेकका सबै समुहको परिसुचक ओरालो लागेको छ । म्युचुअल फण्ड समुहको परिसुचकमा आज ०.१३ अंकको वृद्धि देखिँदा होटल तथा पर्यटन समुहको परिसुचक ४ अंकले बढेको छ । आज परिसुचक ओरालो लाग्ने समुहको पहिलो स्थानमा भने बीमा समुह छ । जीवन बीमा समुहको परिसुचक १९९ अंकले घट्दा निर्जीवन बीमा समुहको परिसुचक १५० अंकले घटेको छ ।

यस्तै आज विकास बैंक समुहको परिसुचकमा ८६ अंकको गिरावट आउँदा लघुवित्त समुहको परिसुचक ७६ अंकले घटेको छ । बजारमा सबैभन्दा बढी प्रभुत्व भएको बैंकिङ समुहको परिसुचकमा आज १६ अंकको गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL