Logo

अब फ्लोर शिटमा सबै विवरण हेर्न नमिल्ने, ब्रोकर कार्यालयमा स्क्रिन एग्जिविशन खुल्ने

अब फ्लोर शिटमा सबै विवरण हेर्न नमिल्ने, ब्रोकर कार्यालयमा स्क्रिन एग्जिविशन खुल्ने



काठमाडौं । अबदेखि धितोपत्र दलालको कार्यालयमा स्क्रिन एग्जिविशन खुला हुने भएको छ । कोरोना महामारीताका लगानीकर्ताहरुको भिडभाड हुने भएपछि बन्द गरिएको यस्तो एग्जिीविशन पुनः खुल्ने भएको हो । नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायीलाई एक निर्देशन जारी गर्दै स्क्रिन एग्जिविशन कक्ष खुला गर्न निर्देशन दिएको हो ।

laxmi

हाल कोरोना भाइरसको संक्रमण दर न्यून भई पूर्ण वा आंशिक रुपमा बन्द गरेका अधिकांश क्षेत्रमा प्रतिबन्धात्मक व्यवस्थालाई खुकुलो गरिसकेको सन्दर्भमा कोभिड १९ को न्यूनीकरणका लागि तोकिएको सुरक्षा व्यवस्थाहरुको पालना गर्ने र गराउने गरी धितोपत्र दलाल व्यवसायीहरुको स्क्रिन एग्जिविशन कक्ष सुचारु गर्न बोर्डले सम्पूर्ण धितोपत्र दलाल व्यवसायीहरुलाई निर्देशन दिएको हो ।

त्यस्तै, कारोवार समयमा नै फ्लोर सिटमार्फत् कारोवारमा संलग्न धितोपत्र दलाल व्यवसायी तथा धितोपत्र व्यापारीको क्रम संख्या खुल्ने विवरण प्रवाह हुने गरेकोमा उक्त विवरण हटाउनसमेत निर्देशन बोर्डले दिएको छ । यस्तो हुँदा नेप्सको वेबसाईटमार्फत हेर्न मिल्ने फ्लोरसिटमा भन सबै विवरण हेर्न नपाईने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL