Logo

२३ अंकले घट्यो सेयर बजार, कारोबार रकम २ अर्ब नजिक

२३ अंकले घट्यो सेयर बजार, कारोबार रकम २ अर्ब नजिक



काठमाडौं । बुधबार (आज) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक २३.३२ अंकले घटेको छ । पछिल्लो समय लगातार घट्दै आएको बजार आज पनी घटेर २४ सय २८ दशमलव ७५ को विन्दुमा पुगेर रोकिएको हो ।

laxmi

बुधबार दिनभर २ सय २६ कम्पनीका ४३ लाख ७२ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १ अर्ब ९९ करोड २९ लाख ७१ हजार रुपैयाँ पुगेको हो । यस्तै आज होटेल र टुरिज्म, अन्य र म्युचुअल फन्ड वाहेक सबै समुहका परिसुचक ओरालो लागेका छन ।

यो साताको पहिलो दिन ३० दशमलव ८९ अंकले घटेको बजार सोमबार १६ दशमलव ९ अंकले घटेको थियो । यस्तै मंगलवार नेप्से परिसुचक ४६ दशमलव ४६ अंकले घटेको थियो भने साताको चौथो दिन आज २३.३२ अंकले घटेको छ ।
आज बजारमा सबैभन्दा बढी प्रभुत्व रहेको बैंकिङ समुहको परिसुचक १७ अंकले घट्दा वित्त र लघुवित्त समुहको परिसुचकमा क्रमशः ३१ र ५३ अंकको गिरावट आएको छ ।

आज जीवन बीमा समुहको परिसुचकमा १ सय अंकको गिरावट आउँदा निर्जिवन बीमा समुहको परिसुचक १ सय ५३ अंकले घटेको छ । आज बजारमा कारोबार भएका कम्पनीमध्ये नेष्डो लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढ्दा अन्य ४१ कम्पनीको सेयरमूल्यमा सामान्य वृद्धि भएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL