Logo

सेयर बजारमा ३० अंकको गिरावट, कारोबार रकम १ अर्ब ४६ करोडमै सीमित

सेयर बजारमा ३० अंकको गिरावट, कारोबार रकम १ अर्ब ४६ करोडमै सीमित



काठमाडौं । साताको पहिलो दिन आईतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ३०.८९ अंकले घटेको छ । गत बिहीबार ओरालो लागेको बजारले आज पनि निरन्तरता पाएको हो ।

laxmi

बिहानैदेखि ओरालो लागिरहेको बजारमा दिनभर २ सय २५ कम्पनीका ३२ लाख ५३ हजार बढी कित्ता सेयर किनबेच हुँदा १ अर्ब ४६ करोड ७ लाख ७३ हजार रुपैयाँ बराबरको कारोबार भएको हो ।

आज राष्ट्र उत्थान लघुवित्त, ईमर्जिङ नेपाल लिमिटेड र नेष्डोको सेयरमूल्यमा १० प्रतिशतको वृद्धि देखिएपनि प्राय कम्पनीको सेयरमूल्य ओरालो लागेको छ ।

यस्तै आज म्युचुअल फण्डबाहेकका सबै समुहका परिसुचक ओरालो लागेका छन् । आज म्युचुअल फण्ड समुहको परिसुचक १५ अंकले उकालो लाग्दा सबैभन्दा बढी जीवन बीमा समुहको परिसुचकमा २१६ अंकको वृद्धि देखिएको हो ।

यस्तै आज निर्जिवन बीमा समुहको परिसुचक १७४ अंकले घट्दा बजारमा धेरै प्रभुत्व भएको बैंकिङ समुहको परिसुचकमा ८ अंकको गिरावट देखिन्छ । यस्तै आज लघुवित्त, वित्त, जलविद्युत, विकास बैंक समुहको परिसुचकमा क्रमशः ६८, ३० र ३९ अंकको गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL