Logo

सेयर बजारमा १०१ अंकको वृद्धि, कारोबार रकम ५ अर्व नजिक

सेयर बजारमा १०१ अंकको वृद्धि, कारोबार रकम ५ अर्व नजिक



काठमाडौं । साताको पहिलो नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा १ सय १ अंकको वृद्ध देखिएको छ । बिहानैदेखि लगातार उकालो लागिरहेको नेप्से परिसुचक अन्तिममा १ सय १ अंकले बढ्दै २६ सय ६७ को विन्दुमा पुगेको हो ।

laxmi

आजै बैंकहरुले व्याजदर स्थिर राख्ने घोषणा गरेसँगै बजारमा उच्च उछाल देखिएको सेयर विश्लेषकहरु बताउँछन् । अघिल्ला दिनहरुमा लगातार ओरालो लागिरहेको नेप्से परिसुचक यो हप्ताको पहिलो दिन नै ठुलो अंकले बढेको हो ।

यसरी नेप्सेमा ठुलो अंकको वृद्धि देखिँदा कारोबार रकम पनि ४ अर्ब ८७ करोड ७ लाख १५ हजार पुगेको छ । आज २ सय २८ कम्पनीका ९० लाख २२ हजार ८ सय ९० कित्ता सेयर ६४ हजार ६ सय ३५ पटक कारोबार भएका हुन् ।

आज समुहगत परिसुचकमध्ये सबैभन्दा बढी उछाल जीवन बीमा समुहमा देखिन्छ । आज जीवन बीमा समुहको परिसुचक ६ दशमलव ९४ प्रतिशतले बढ्दा उत्पादनमुल वित्त र होटल तथा पर्यटन समुहको परिसुचकमा ५ प्रतिशतको वृद्धि देखिन्छ ।

यस्तै आज इन्भेष्टमेन्ट, निर्जिवन बीमा, विकास बैंक र व्यापार समुहको परिसुचकमा ४ प्रतिशतको वृद्धि हुँदा बजारमा सबैभन्दा बढी प्रभुत्व भएको बैंकिङ समुहको परिसुचक ३ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL