Logo

‘फोर्ड एन्डेभर’ नेपाली बजारमा, मुल्य १ करोड २ लाखदेखि १ करोड १९ लाखसम्म

‘फोर्ड एन्डेभर’ नेपाली बजारमा, मुल्य १ करोड २ लाखदेखि १ करोड १९ लाखसम्म


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । फोर्डको नयाँ एसयुभी गाडी ‘फोर्ड एन्डेभर’ नेपाली बजारमा भित्रिएको छ । भारतीय बजारमा भरखरै मात्र लञ्च भएको उक्त गाडी जीओ फोर्डले नेपाली बजारमा प्रवेश गराएको हो ।

फोर्डको नेपालका लागि आधिकारीक विक्रेता जीओ फोर्डले आजैबाट नेपाली बजारमा उपलब्ध गराएको हो । फोर्डले ३ वटा सिरिजको गाडी नेपाली बजारमा उपलब्ध गराएको हो । उक्त गाडीको बजार मुल्य १ करोड २ लाख रुपैयाँदेखि १ करोड १९ लाख रुपैयाँसम्म रहेको फोर्डका सिनियर सेल्स एजुकेटिभ्स किशोर महर्जनले जानकारी दिए ।

अत्याधुनिक प्रविधि प्रयोग गरिएको उक्त गाडीको डिजाइन समेत आकर्षक रहेको छ । फोर्ड गाडीको बनौट र क्षमतामा थप अनुसन्धानका साथै स्तरीय प्रविधि प्रयोग गरी नयाँ गाडी बजारमा ल्याइएको कम्पनीले जानकारी दिएको छ ।

सीटको सजिलोपना, फोर ह्वील ड्राइभ, चालकमैत्री फ्रन्टसीटका साथै आकर्षक बडी पनि यसको विशेषता हो । नयाँ फोर्ड एन्डेभर २.२ लि. र ३.२ लि. इन्जिनमा उपलब्ध छ ।
नयाँ फोर्ड एन्डेभरमा ७ वटा एयरब्याग राखिएको छ । यसमा चालकको घुँडाको लागि पनि एयरब्याग राखिएको छ ।

नयाँ फोर्ड एन्डेभर ६ विभिन्न किसिमका रंगहरुमा उपलब्ध छन् । नेपाली बजारमा प्रवेश केही समयमै फोर्ड एन्डेभरले बजारमा लोकप्रिय हुने कम्पनीको विश्वास छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL