Logo

लगातार दूई दिन बढेको सेयर बजारमा ब्रेक, दोहोरो अंकको गिरावट

लगातार दूई दिन बढेको सेयर बजारमा ब्रेक, दोहोरो अंकको गिरावट



काठमाडौं । पछिल्ला दूई दिन लगातार उकालो लागेको सेयर बजारमा आज दोहोरो अंकले गिरावट आउँदा बजारको उकालो यात्रामा ब्रेक लागेको छ । सोमबार र मंगलबार दूईदिन लगातार बढेको सेयर बजार आज १५ दशमलव ५० अंकले घटेको हो । बजारमा कारोबार भएका १३ समुहमध्ये जलविद्युत र म्युचुअल फण्डबाहेकका सबै समुहका परिसुचक ओरालो लागेका छन् ।

laxmi

आज जलविद्युत समुहको परिसुचक ३५ अंकले बढ्दा म्युचुअल फण्ड समुहको परिसुचक सामान्य अंकले बढेको छ । बुधबार घट्ने समुहको पहिलो स्थानमा भने निर्जिवन बीमा समुहको परिसुचक छ । यो समुहको परिसुचक आज ११० अंकले घट्दा उत्पादनमुलक समुहको परिसुचकमा ८४ अंकको गिरावट आएको छ ।

यस्तै आज जीवन बीमा समुहको परिसुचकमा ८१ अंकको गिरावट आउँदा लघुवित्त समुहको परिसुचकमा २६ अंकको गिरावट आएको छ । यस्तै आज वित्त, विकास बैंक र व्यापार समुहको परिसुचकमा क्रमशः १३, ४० र ३१ अंकको गिरावट आउँदा बैंकिङ समुहको परिसुचकमा भने आज ९ अंकको पहिरो गएको छ ।

बिहानैदेखि ओरालो यात्रा तय गरेको बजारमा कुल २ सय २८ कम्पनीका ६२ लाख ४७ हजार बढि कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ३ अर्ब १३ करोड १२ लाख रुपैयाँ नाघेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL