Logo

दोहोरो अंकले बढ्यो सेयर बजार, कारोबार रकम ३ अर्ब बढी

दोहोरो अंकले बढ्यो सेयर बजार, कारोबार रकम ३ अर्ब बढी



काठमाडौं । सेयर बजारको वृद्धिले मंगलबार पनि निरन्तरता पाएको छ । सोमबारदेखि उकालो लागेको बजार मंगलबार पनि १७ दशमव ४२ अंकले उकालो लाग्दै २७ सय ३५ को विन्दुमा पुगेको हो ।

laxmi

मंगलबार बजारमा कारोबार भएका १३ समुहमध्ये उत्पादनमुलक र ईन्भेष्टमेन्टबाहेकका सबै समुहका परिसुचक उकालो लागेका छन् । नेप्सेका अनुसार आज निर्जिवन बीमा समुहको परिसुचक १ सय २८ अंकले उकालो लाग्दा विकास बैंक समुहको परिसुचक ७० अंकले बढेको छ । यस्तै आज वित्त समुहको परिसुचकमा ४३ अंकको वृद्धि हुँदा अतिरिक्त समुहको परिसुचक ४६ अंकले बढेको छ ।

मंगलबार बजारमा कारोबार भएका मध्ये उत्पादनमुलक समुहको परिसुचक १८ अंकले घट्दा इन्भेष्टमेन्ट समुहको परिसुचक सामान्य अंकले ओरालो लागेको हो । बजारमा धेरै प्रभुत्व भएको बैंकिङ समुहको परिसुचक आज ८ अंकले उकालो लागेको छ ।

आज दिनभर २ सय २८ कम्पनीको ६० लाख ८१ हजार बढि कित्ता किनबेच हुँदा कारोबार रकम ३ अर्ब २१ करोड २८ लाख ८७ हजार रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL