Logo

ईमर्जिङ नेपालको आइपीओ बाँडफाँड, ८ जनाले पाए ११ कित्ता

ईमर्जिङ नेपालको आइपीओ बाँडफाँड, ८ जनाले पाए ११ कित्ता



काठमाडौं । ईमर्जिङ नेपाल लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक एनआईसी एसिया क्यापिटलले बुधबार सेयर बाँडफाँड गरेको हो।

laxmi

आईपीओमा कुल २३ लाख ३१ हजार २ सय ५८ जनाको आवेदन परेकोमा २ हजार ५ सय ५२ जनाको आवेदन रद्द भएको थियो । जसमध्ये योग्य आवेदकको संख्या २३ लाख २८ हजार ७ सय ६ जना कायम भएको छ ।

योग्य आवेदकलाई गोलाप्रथामा समावेश गराएर सेयर बाँडफाँड गरीएको छ । जस अनुसार गोलाप्रथाबाट ५१ हजार ६ सय ७० जनाले १० कित्ताको दरले आइपीओ हात पारेका छन् । यस्तै सेयर पाएका ५१ हजार ६ सय ७० जनालाई सहभागी गराएर पुन गोलाप्रथा गर्दा ८ जनाले थप १ कित्ता सेयर पाएका छन् । कम्पनीले माघ २६ गतेदेखि आईपीओ बिक्रि खुला गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
MBL