Logo

आइतबार १०० अंकले घटेको नेप्से सोमबार धानियो, कारोबार साढे ३ अर्बमाथि

आइतबार १०० अंकले घटेको नेप्से सोमबार धानियो, कारोबार साढे ३ अर्बमाथि



काठमाडौं । साताको पहिलो दिन आईतबार तेहेरो अंकले घटेको सेयर बजार सोमबार भने सामान्य अंकको वृद्धिसहित धानिएको छ । अघिल्लो दिन१ सय अंक बढीले बढेको सेयरबजार सोमबार भने ०.०८ अंकको वृद्धिसहित धानिएको हो । यसरी बढेको बजारमा सेयर विन्दु २७ सयमा पुगेर रोकिएको छ ।

laxmi

नेप्सेका अनुसार आज २ सय २७ कम्पनीको ७५ लाख ४९ हजार ७ सय ७९ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम भने ३ अर्ब ६८ करोड ४० लाख रुपैयाँमै सिमित भएको छ ।

आज बजारमा कारोबार भएका सबै समुहमध्ये ५ समुहको परिसुचक ओरालो लाग्दा अन्यको परिसुचकमा वृद्धि देखिएको छ । जसमा सबैभन्दा बढि जीवन बीमा समुहको परिसुचक ५२ अंकले बढ्दा होटल तथा पर्यटन समुहको परिसुचकमा भने १८ अंकको वृद्धि देखिन्छ ।

यस्तै विकास बैंक समुहको परिसुचक आज १६ अंकले बढ्दा माईक्रोफाईनान्स समुहको परिसुचक १३ अंकले बढेको देखिन्छ । आज उत्पादनमुलक, निर्जिवन बीमा, बैंकिङ, व्यापारलगायत समुहको परिसुचकमा भने गिरावट आएको छ । जसमा सबैभन्दा बढि व्यापार समुहको परिसुचकमा ३९ अंकको गिरावट आउँदा उत्पादनमुलक समुहको परिसुचकमा ३५ अंकको गिरावट आएको छ । यस्तै आज बजारमा सबैभन्दा बढि प्रभुत्व भएको बैंकिङ समुहको परिसुचकमा भने ३ अंकको गिरावट आएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL