Logo

सेयर बजार क्र्यास कि ठूलाको सस्तोमा उठाउने खेल !, किन छाड्दैछ कारोबार रकमले साथ ?

सेयर बजार क्र्यास कि ठूलाको सस्तोमा उठाउने खेल !, किन छाड्दैछ कारोबार रकमले साथ ?



काठमाडौं । नेप्से परिसुचक २२ सय अंकको विन्दुमा झरेर लगातारजस्तो बढ्दै २९ सय अंक पार गरेको थियो । जतिवेला धेरैजसो लगानीकर्ताको सोच विपरित नेप्सेले २२ सय अंकबाट ७ सयले बढ्दै २९ सय अंक पार गरेको थियो ।

laxmi

कतिपय ब्रोकर तथा लगानीकर्ताले नेप्से २ हजार अंकसम्म झर्ने आँकल गरेका थिए भने कतिपयले २२ अंकनै बजार प्रवेशको अवसर भएको भन्दै लगानी बढाएका थिए । बजारले २२ अंकबाट सामान्य करेन्सन आउँदै उच्च अंक पछ्याईरँदा कतिपय ब्रोकर तथा लगानीकर्ताहरु बजार प्रवेश गर्न चुकेका थिए ।

नेप्से न्यूनतम विन्दु अर्थात २२ सय अंकमा आईपुग्दा बजार प्रवेश गरेका लगानीकर्ताले नेप्से परिसुचक २८ अंक पुग्दा आफुसँग भएको सेयर बिक्री गर्दै प्रोफिट बुक गरे । तर नेप्से २२ अंकमा झर्दा बजार प्रवेश गर्न चुकेका लगानीकर्ताहरु नेप्से २७ २८ अंक पुग्दा बजार प्रवेश गरे । अहिले तिनै दुईथरी लगानीकर्ताको खेलमा बजार चलेको एक ठूला लगानीकर्ताले जानकारी दिए । ‘अहिले नेप्से २८ सय अंक पुग्दा बाहिरिएका लगानीकर्ता बजार अझै घटाएर सस्तोमा सेयर उठाउने दाउमा छन् भने बजार २७ २८ सय अंक पुग्दा प्रवेश गरेका लगानीकर्ताहरु बजार बढाउने प्रयासमा छन्,’ ती लगानीकर्ताले भने, ‘अहिले केही ठूला लगानीकर्ता र ब्रोकर ब्रोकरबीचको वारले गर्दा बजारमा उच्च उतारचढाव आएको छ ।’

सोही अनुरुप सोमाबार नेप्सेमा एकैदिन १ सय अंकको गिरावट आएको थियो भने मंगलबार पनि दिनभर उच्च अंकले गिरावट आएको बजार अन्तिममा ५ अंकले मात्र घटेको थियो । यसैगरी बुधबार लगानीकर्ताहरुले सामाजिक संजानमार्फत नेप्से परिसुचक बढ्ने भन्दै प्रचारबाजी गरेपनि अन्तत ३८.४५ अंकले घट्न पुग्यो ।

दोहोरो अंकले घटेको बजारमा सबै उपसमुहहरुमा उच्च गिरावट आएको छ । जसमध्ये सबैभन्दा बढी फाइनान्स समुहको परिसुचक २.४२ प्रतिशत घटेको छ भने जीवन बीमामा १.८२ प्रतिशतले गिरावट आएको छ । बजारमा जलविद्युत समुहको परिसुचक १.५८ प्रतिशत घट्दा बजारमा सबैभन्दा बढी प्रभुत्व रहेको बैंकिङ समुहको परिसुचकमा पनि १.२४ प्रतिशतले गिरावट आएको छ ।

पछिल्लो समय घट्दो बजारमा कोरोबार रकमले पनि साथ छाडेको छ । पछिल्लो समय पनि दैनिक करिव १० अर्ब रुपैयाँको हाराहारीमा कारोबार हुन थालेको बजारमा आज (बुधबार) ४ अर्ब ३१ करोड रुपैयाँको मात्र सेयर कारोबार भएको छ । जसमा २२३ कम्पनीको ९३ लाख ५८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

हाल घट्दो बजारमा बैंकबाट कर्जा लिएर सस्तो मुल्यमा सेयर उठाउन तरलता अभावका कारण बैंकले कर्जा नदिने तथा कतिपय ठूला लगानीकर्ताहरुको राष्ट्र बैंकको नीतिका कारण हाल भैरहेको मार्जिन लेण्डिङको सीमा अनुरुप त्यसरी लिएको कर्जाको सीमा घटाउनुपर्ने दबाब रहेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । जसका कारण बजारमा कारोबार रकम समेत घट्न थालेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL