Logo

हिजो १०० अंकले घटेको बजार सम्हालियो, पाँच अंकले घटेको बजारमा ५ अर्ब ३९ करोडको कारोबार

हिजो १०० अंकले घटेको बजार सम्हालियो, पाँच अंकले घटेको बजारमा ५ अर्ब ३९ करोडको कारोबार



काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ५ दशमलव ९२ अंकले ओरालो लागेको छ । अघिल्लो दिन सोमबार करिव १ सय अंकले घटेको बजारमा आज भने सामान्य अंकले गिरावट आएको हो । नेप्सेका अनुसार बजारमा ५ अंकको गिरावट आउँदा कारोबार रकम भने ५ अर्ब ३९ करोड ५६ लाख ७२ हजार नाघेको छ ।

laxmi

आज २ सय २९ कम्पनीका ९७ लाख ८४ हजार ६ सय ५१ कित्ता सेयरको कारोबार हुँदा सेयर विन्दु २८ सय १४ अंकमा पुगेर रोकिएको छ । आज जिवन बीमा समुहको बाहेक सबै समुहका परिसुचकहरु ओरालो लागेका छन् ।

जसमध्ये सबैभन्दा बढि गिरावट निर्जिवन बीमा समुहको परिसुचकमा देखियो । उक्त समुहको परिसुचक २२ अंकले घट्दा विकास बैंक समुहको परिसुचकमा भने २० अंकको गिरावट आएको छ । यस्तै बजारमा धेरै प्रभुत्व रहेको बैंकिङ समुहको परिसुचकमा मंगलबार ४ दशमलव २५ अंकको गिरावट आउँदा माईक्रोफाईनान्स र उत्पादनमुलक समुहका परिसुचक क्रमशः १६ र १३ अंकले घटेका छन् ।

आज उकालो लागेको जिवन बीमा समुहको परिसुचकमा भने ६३ अंकको वृद्धि देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL