Logo

आइएमई पे को जाडो अफर : चन्द्रागिरि केवलकारको टिकट काट्दा ३० प्रतिशत छुट

आइएमई पे को जाडो अफर : चन्द्रागिरि केवलकारको टिकट काट्दा ३० प्रतिशत छुट



काठमाडौं । आइएमई ग्रुपद्वारा संचालित आइएमई पेमार्फत चन्द्रागिरि केबलकारको टिकट काट्दा फ्ल्याट ३० प्रतिशत छुट पाईने भएको छ । कम्पनीले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार जाडो मौसमलाई लक्षित गरी ल्याईएको उक्त अफर बुधबारदेखि लागु भईसकेको छ । अफर भोली अर्थात शनिबारसम्म मात्रै लागु हुनेछ । कम्पनीका अनुसार भोलीसम्म आईएमी पे मोबाईल एपमार्फत केवलकारको टिकट काट्ने सेवाग्राहीले टिकटमा ३० प्रतिशत छुट पाउनेछन् ।
झन्डै ३५ हजार एजेण्ट आउटलेट संजाल भएको ‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली–२०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल

वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो । यस्तो अनुमति पाउने आइएमई डिजिटल देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।

प्रतिक्रिया दिनुहोस्
MBL