Logo

चन्द्रागिरि हिल्सको नयाँ बर्ष योजना, सेयरधनीलाई केबुलकारको टिकटमा २५ प्रतिशत छुट

चन्द्रागिरि हिल्सको नयाँ बर्ष योजना, सेयरधनीलाई केबुलकारको टिकटमा २५ प्रतिशत छुट



काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडले नयाँ वर्ष आफ्ना सेयरधनीहरुलाई केवलकारको टिकट, साहसिक गतिविधि तथा सामाजिक समारोहहरुमा लाग्ने शुल्कमा २५ प्रतिशतसम्मको छुट प्रदान गर्ने योजना सार्वजनिक गरेको छ ।

laxmi

कम्पनीको उक्त योजना अन्तर्गत चन्द्रागिरि हिल्स लिमिटेडका सेयरधनीहरुले जिपलाइन, स्काई साइक्लिङ, स्वीङ्ग, वाल क्लाइम्बिङ्ग, फ्री फल जम्प, स्काई वाक, तथा रिसोर्टमा आयोजना हुने सामाजिक समारोहरुको शुल्कमा २५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ ।

यस नयाँ योजना अन्तर्गत छुट सुविधा लिनको लागि सेयरधनीहरुले आफ्नो सेयर प्रमाणपत्र वा डिम्याट खाताको विवरण टिकट काउण्टरमा प्रस्तुत गर्नुपर्नेछ । यो योजना एक वर्षको लागि लागू रहने छ ।

काठमाडौँ उपत्यकाको दक्षिण–पश्चिममा रहेको चन्द्रागिरि पहाडमा निर्माण गरिएको केबलकारसहितको यो नयाँ गन्तब्य धार्मिक, साहसिक, मनोरञ्जन तथा छुट्टी मनाउन आउने आन्तरिक तथा बाह्य पर्यटकको लोकप्रिय गन्तब्यको रुपमा रहेको छ ।

यसका साथै प्रत्येक भ्रमणमा सेयरधनीहरुलाई संध्याकालीन केवलकारको टिकट समेत प्रदान गरिने छ । यस योजना सम्बन्धित विस्तृत सेवा तथा सर्तहरुको जानकारी तल दिइएको कम्पनीको नम्वर तथा ठेगाना मार्फत प्राप्त गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL