Logo

बजारमा बीमाको दबदबा, नेप्से ७१ अंकले बढ्दा जलविद्युत र फाइनान्समा गिरावट

बजारमा बीमाको दबदबा, नेप्से ७१ अंकले बढ्दा जलविद्युत र फाइनान्समा गिरावट



काठमाडौं । साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ७१ अंकले उकालो लागेको छ । बिहानैदेखि उकालो लागेको बजारमा बीमा समुहको परिसुचक उच्च अंकले बढ्दा समग्र नेप्से परिसुचक ७१ दशमलव २० अंकले उकालो लागेको हो ।

laxmi

बजारमा आज २० बीमा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेपछि सबैभन्दा बढि जीवन बीमा समुहको परिसुचक उकालो लागेको छ । प्रतिशतका आधारमा जीवन बीमा समुहको परिसुचक आज ९ दशमलव ७८ प्रतिशतले उकालो लाग्दा अंकगत रुपमा निर्जीवन बीमा समुहको परिसुचक ९०७ अंक अर्थात ८ दशमलव १७ प्रतिशतले बढेको छ ।

आज कुल २ सय ३१ कम्पनीको ८६ लाख १ हजार ९ सय ५६ कित्ता सेयर ६२ हजार २१ पटक किनबेच हुँदा कारोबार रकम ५ अर्ब १७ करोड ३२ लाख ५ सय ३ रुपैयाँ पुगेको छ ।

आज बजारमा कारोबार भएका सबै समुहमध्ये जलविद्युत र फाइनान्स समुहको परिसुचकमा भने क्रमशः ३ दशमलव ४६ र २४ दशमलव २ अंकको गिरावट आएको छ । आजैदेखि कारोबार सुरु भएको मध्ये भोटेकोशी जलविद्युत कम्पनीको परिसुचकमा पनि कारोबारको केहि समयमै पोजेटिभ सर्किट लागेको थियो ।

आज माइक्रोफाइनान्स समुहको परिसुचक १ सय ७२ अंकले बढ्दा उत्पादनमुलक समुहको परिसुचकमा भने ३ सय ५५ अंकको वृद्धि देखिन्छ ।
यस्तै बजारमा धेरै प्रभुत्व रहेको बैंकिङ समुहको परिसुचकमा आज २० दशमलव ४५ अंकको वृद्धि आउँदा विकास बैंक समुहको परिसुचक भने ५१ अंकले उकालो लागेको छ । यस्तै आज होटल तथा पर्यटन समयहको परिसुचक ४८ अंकले, व्यापार २१ अंकले, लगानी २ अंकले, अन्य ५० अंकले उकालो लागेका छन् ।

बजारमा कारोबार भएका कुल कम्पनीमध्ये आज १ सय ३२ कम्पनीको सेयमूल्य उकालो लाग्दा ५२ कम्पनीको सेयरमूल्य ओरालो लागेको छ । यस्तै अन्य ५ कम्पनीको सेयरमूल्य भने यथावत छ ।

आज सबैभन्दा बढि नबिल बैंकको ३२ करोड ७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सबैभन्दा धेरै कित्ता सेयर किनबेच हुने कम्पनीमा भने अरुण भ्याली हाईड्रोपावर छ । आज उक्त कम्पनीका २ लाख ४१ हजार बढि कित्ता सेयर किनबेच भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL