Logo

३७.८७ अंकले घट्यो नेप्से, कारोबार रकम २ अर्ब ३० करोडमा सिमित

३७.८७ अंकले घट्यो नेप्से, कारोबार रकम २ अर्ब ३० करोडमा सिमित



काठमाडौं । साताको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ३७ दशमलव ८७ अंकले घटेको छ । पछिल्लो समय लगातार ओरालो लागिरहेको नेप्से परिसुचक मंगलबार भने एकाएक ६ प्रतिशतले बढेर बन्द भएको थियो ।

laxmi

त्यसको भोलीपल्ट बिहीबार पनि कारोबार समयको पहिलो १ घण्टा राम्रै उकालो लागेपनि त्यसपछि भने लगातार घटिरहेको छ । आज बिहानैदेखि ओरालो लागेको बजार अन्तिम समयमा २३ सय ७६ अंकको विन्दुमा आएको रोकिएको हो ।

दिनभर २ सय २४ कम्पनीका ५३ करोड ७९ लाख बढि कित्ता सेयर किनबेच हुँदा कारोबार रकम भने २ अर्ब ३० करोड १७ लाख ५१ हजार क्रस भएको छ । आज समुहगत हिसावले सबैभन्दा ठुलो गिरावट निर्जिवन र जीबन बीमा समुहको परिसुचकमा देखिन्छ । यी दुवै समुहको परिसुचक क्रमशः २६४ र २६३ अंकले ओरालो लागेका छन् ।

यस्तै विकास बैंक समुहको परिसुचक १५७, उत्पादनमुलक ८५, माईक्रोफाईनान्स ८१, व्यापार ६४ र जलविद्युत ८२ अंकले ओरालो लागेका छन् । आज बजारमा धेरै प्रभुत्व रहेको बैंकिङ समुहको परिसुचक भने ५ अंकले ओरालो लाग्दा म्यचुअल फण्ड समुहको परिसुचक ०.०८ अंकले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL