Logo

स्वावलम्बन लघुवित्तको संस्थापक सेयर विक्रीमा, प्रतिसेयर मूल्य ६७५ रुपैयाँ

स्वावलम्बन लघुवित्तको संस्थापक सेयर विक्रीमा, प्रतिसेयर मूल्य ६७५ रुपैयाँ



काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले आफ्नो संस्थापक सेयर विक्रीमा राखेको छ । कम्पनीको संस्थापक समूह अन्र्तगतको ११ हजार ७ सय ५३ कित्ता सेयर बिक्री खुल्ला भएको हो । संस्थाले जारी गरेको सूचना अनुसार उक्त संस्थापक सेयरको प्रति कित्ता न्यूनतम मूल्य ६ सय ७५ रुपैयाँ तोकिएको छ । संस्थापक सेयर बोलकबोलको माध्यमबाट न्यूनतम १ हजार कित्ता र अधिकतम सेयर संख्याको लागि कुनै हद नलाग्ने जनाइएको छ ।

laxmi

संस्थापकहरुलाई प्राथमिकता दिनेगरी ३५ दिनसम्म उक्त सेयर खरिदका लागि आवेदन दिन सक्ने कम्पनीले जानकारी दिएको छ । यसको बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटललाई नियुक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL