Logo

लघुवित्त पीडितसँग सरकारले वार्ता गर्ने, भुपाल बरालकाे नेतृत्वमा वार्ता समिति गठन

लघुवित्त पीडितसँग सरकारले वार्ता गर्ने, भुपाल बरालकाे नेतृत्वमा वार्ता समिति गठन



काठमाडौं । काठमाडौंमा आन्दोलनरत लघुवित्त पीडितसँग सरकारले वार्ता गर्ने भएको छ । अर्थ मन्त्रालयले यसैका लागि बिहीबार एक समिति गठन गरेको हो । अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका प्रमुख सहसचिव भुपाल बरालको संयोजकत्वमा वार्ता समिति गठन गरेको हो ।

laxmi

अर्थ मन्त्रीस्तरको निर्णयबाट गठन भएको वार्ता समितिमा गृह मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय तथा नेपाल राष्ट्र बैंकका प्रतिनिधि पनि सदस्य रहनेछ मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्ला केहि महिनादेखि मधेश प्रदेशका विभिन्न जिल्लाबाट काठमाडौमा भेला भई लघुवित्त पीडितहरुले विभिन्न आन्दालेनका कार्यक्रमहरु गर्दै आईरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL